ओल्ड ट्राफर्डमा अन्तिम खेल को अवसरमा म्यानचेस्टर युनाइटेडले दियो वेंगरलाई उपहार

MANCHESTER, ENGLAND - APRIL 29: Former manager Sir Alex Ferguson of Manchester United presents Manager Arsene Wenger of Arsenal with a gift to mark his retirement ahead of the Premier League match between Manchester United and Arsenal at Old Trafford on April 29, 2018 in Manchester, England. (Photo by Stuart MacFarlane/Arsenal FC via Getty Images)

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरलाई म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले आइतबार विशेष उपहार दिएका छन् । फ्रान्सेली प्रशिक्षक वेंगरले आर्सनल प्रशिक्षकका रुपमा अन्तिम पटक ओल्ड ट्राफर्डमा टोलीको प्रशिक्षकत्व सम्हाल्दै छन् ।

वेंगरले यसै महिनाको सुरुआतमा २२ वर्षपछि आर्सनलको प्रशिक्षकको जिम्मेवारी यस सिजनको अन्त्यसँगै छाड्ने बताएका थिए । आइतबारको खेल वेंगरको करियरमा २८ औं पटक ओल्ड ट्राफर्डमा खेलिएको हो । युनाइटेडले वेंगरको सम्मानमा खेल सुरु हुनुअघि कार्यक्रम राखेको थियो । खेलको सुरुआतमा वेंगर टनलबाट मैदान प्रवेश गर्ने क्रममा रंगशालामा उपस्थित समर्थकले उनलाई ताली बजाएर स्वागत गरेका थिए । दुवै टोली मैदानमा प्रवेश गरेपछि प्रशिक्षक बस्ने टेक्निकल एरियामा उनलाई फर्गुसनले विशेष उपहार दिएका थिए ।

त्यसै समयमा युनाइटेडका अहिलेका प्रशिक्षक जोसे मोउरिन्होले पनि केहि शब्द बोल्दै हात मिलाएका थिए । वेंगरसँग आर्सनलका पूर्व खेलाडी तथा युनाइटेडका विंगर एलेक्सीस स्यान्चेजले पनि अंकमाल गरे । युनाइटेड र आर्सनल दुवै तर्फका समर्थकले सामाजिक संजालमार्फत यस कार्यक्रमको प्रशंसा गरेका छन् ।