Video:- फेरि पनि सारि रिसले छट्पट- डेविड लुइज र हिग्वेनको बीच विवादको कारण।

यूरोपा लिगको फाइनलको लागि प्रशिक्षणमा रहेको चेल्सी टिममा डेविड लुइज र हिग्वेनको बीच विवाद भएको भिडियो इन्टरनेटमा भाइरल भएको छ। डेविड लुइज र हिग्वेनको बीच विवादले सारि निकै आक्रोसित भएको देखिन्छ र उनि मैदान छोडेर गएको भिडिओमा देखिन सकिन्छ।

प्रशिक्षणको समयमा डेविड लुइज र हिग्वेनको बीच विवाद देखे पछि सारिले डेविड लुइजलाइ केहि भनेको देखिन्छ र पछि सारि रिसले मैदान छोडेर हिडेको देखिन्छ। खेलको बेला सारिको रिस देखा परेको यो पहिलो पटक भने हैन। केहि समय अगाडी आफ्नो गोलकिपर संग विवाद पछि उनि येसरी नै रीसले रीसले छट्पट भएका थिए।


चेल्सी युरोपा लिगको फाइनलमा आर्सनल संग खेल्ने छन् र सोहि खेलको लागि टोलि प्रशिक्षणमा रहेका छन्।