फुटबलमा खाँरिदै दिपेश

काठमाडौं । पाटने रुस्लान थ्री स्टार क्लब नेपाली घरेलु फुटबलमा सबैभन्दा चर्चित र लोकप्रिय क्लब हो । यसमा दुईमत नै छैन । घरेलु फुटबलमा पाएको सफलताले यसलाई पुष्टि गर्दछ । थ्री स्टारले नजितेको कुनै प्रतियोगिता छैन । थ्री स्टारले फुटबलको मेरुदण्ड मानिने घरेलु सहिद स्मारक ‘ए’ डिभिजन लिग चारपटक र अनगिन्ती मोफसलको गोल्डकप जितेका छन् । थ्री स्टारको यही सफलताले गोल्डकप आयोजकहरुले थ्री स्टारलाई जसरी पनि प्रतियोगितामा समावेश गराउने गरेको पाइन्छ । थ्री स्टार जहाँ खेल्छ । त्यहाँ उपाधिको दावेदारकै रुपमा हेरिन्छ ।

यही सदावहार दावेदार थ्री स्टार पछिल्लोपटक २०७२ को राष्ट्रिय लिग च्याम्पियन बनेको थियो । सोही राष्ट्रिय लिगको च्याम्पियनको हैसियतमा एएफसी कप खेलेको थ्री स्टार दोस्रो चरणमा पुग्न सफल भएको थियो । २०१६ मा मंगोलियामा भएको भएको पहिलो चरणको छनोटमा थ्री स्टारले इर्चिम एफसीले २–० ले तथा नागावल्र्ड एफसीसँग बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । तर, एन्फाको लापरवाहीका कारण थ्री स्टारले दोस्रो चरणको खेल खेल्ने मौका गुमाएको थियो । त्यसपछि थ्री स्टारले क्षतिपुर्तिको माग गर्दै क्षतिपुर्ति रकम नपाएसम्म फुटबल नखेल्ने कठोर निर्णय गरेको थियो ।

करिव १ वर्षपछि थ्री स्टार र तत्कालिन एनफाबीच सहमति भएपछि थ्री स्टार झन्डै १४ महिनापछि फुटबलमा फर्किएको थियो । फुटबलमा फर्किएकै सिजन आधादर्जन गोल्डकपको उपाधि जित्दै आफ्नो छवि फर्काएको थियो । थ्री स्टारले सुदूरपश्चिम खप्तड गोल्डकपबाट यात्रा थालेको थियो । त्यसैले त खेलाडीहरुले यही दावेदार टोली थ्री स्टारबाट खेल्ने सपना बुनेको हुन्छ । कतिले सफलता प्राप्त गर्दछन् । यो मामलामा युवा खेलाडी दिपेश घले भाग्यमानी नै हुन् ।

Image may contain: 1 person, smiling

२० वर्षीय घलेको फुटबलको सुरुवात त्यही सफल क्लब थ्री स्टारबाट भयो । तीन वर्षअघि थ्री स्टारमा आबद्ध भएका मकवानपुर हेटौडाका दिपेश अहिले क्लबको मुख्य खेलाडीको रुपमा स्थापित भइसकेका छन् । यसपटक थ्री स्टारले युवा खेलाडीलाई समेट्दै टोली तयार पार्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यही थ्री स्टारबाट युवा खेलाडीहरु दिपेशसँगै, सुसान श्रेष्ठ, विजय भुजेल दृश्यमा देखिएको थियो । औसतको टोली बनाएको थ्री स्टारले शीर्ष ६ को लक्ष्य राखेपनि लिगमा चौथो भएको थियो । यो सिजन मोफसलमा तीन गोल्डकप खेलेको थ्री स्टार दुई गोल्डकप (सताक्षी र खप्तड) मा उपविजेता तथा आहा रारा गोल्डकपमा सेमिफाइनल सम्म पुगेको थियो ।

२० वर्षीय दिपेश थ्री स्टारले १४ महिनाापछि फुटबलमा पूनरागमन गर्दा टोलीमा समेटिएका थिए । उनले चितवनमा भएको गोल्डकपबाट थ्री स्टारको सिनियर टोलीमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनले मोफसलमा थुप्रै गोल्डकपको अनुभव बटुल्नुको साथै तेस्रो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा पनि आफ्नो छाप छोड्न सफल भएका थिए । थ्री स्टारमा दिपेशको यात्रा सामान्य टोल कपबाहेक दिपेशले कही कतैबाट फुटबल खेलेनन् । उनको पहिलो क्लब नै थ्री स्टार हो ।

थ्री स्टारमा दिपेशको प्रवेश कसरी भयो त ? दिपेश थ्री स्टारले प्रशिक्षण गर्ने (चर्च ग्राउण्ड) नजिकै बस्छन् । उनलाई थ्री स्टार प्रवेशमा नजिकको बसाई पनि आधार बन्यो । त्यसबाहेक उनको फुटबलप्रतिको लगाव । जब जब थ्री स्टार प्रशिक्षणको लागि उक्त मैदानमा जान्छन् । तब तब उनी पनि फुटबल बुट र जर्सीमा टोलीसँगै प्रशिक्षणमा पुगिहाल्छन् । घरेलु फुटबलमा सफल प्रशिक्षकको छवि बनाएका थ्री स्टारमा मुख्य प्रशिक्षक मेघराज केसीको नजरमा दिपेश परिहाल्छन् । उनको फुटबल प्रतिको लगाव र प्रतिभालाई देखेर प्रशिक्षक केसीले उनलाई १७ वर्षको उमेरमा थ्री स्टारमा अनुबन्धित गरिहाल्छन् । दिपेशले पहिलो वर्ष सीमित खेलमा मात्रै अवसर पाएपनि आफ्नो मिहेनतलाई जारी नै राख्छन् । यो तीन वर्षको अवधिमा उनी टोलीको मुख्य सदस्य बनिसकेका छन् । गत्त वर्ष सम्पन्न शीर्ष डिभिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग उनको ‘डेब्यु’ लिग थियो । सो लिगमा उनि खासै जम्न सकेकन । तर हालै फागुनमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग भने उनि उत्क्रिस्त देखिए ।

पहिलो रोजाईमा कमै मौका पाएको दिपेशले शीर्ष डिभिजन खेल्न पाउनु र गोल गर्न सक्नु अविस्मरणीय रहेको बताउछन् । दिपेशले न्युरोड टिम (एनआरटी) विरुद्ध गोल गर्दै लिगमा आफ्नो पहिलो गोल गरेका थिए । खेलको ७३औं मिनेटमा मैदान प्रवेश गरेका दिपेशले त्यसको पाँच मिनेटपछि उत्कृष्ट गोल गरेका थिए । “टिमलाई गोलको खाचो थियो । मलाई एउटा सुनौलो अवसर आएको थियो । जसलाई मैले सदुपयोग गर्न सके ।” लिगको पहिलो गोल सम्झदै दिपेशले भने, “मैदान प्रवेशगर्नु अघि आफ्नो टिमलाई जसरी पनि जिताउछु भन्ने मनमा थियो । सौभाग्यवस गोल गर्न सफल भए । खुशी छु, आफ्नो लक्ष्य पुरा गर्न एक पहिला अगाडी सरेको महसुस भएको छ ।” अझै मेहेनत र संघर्ष गर्न बाँकी छ । मेहेनत र संघर्ष गर्दै राष्ट्रिय टोलीबाट खेल्ने इच्छा रहेको उनले थपे ।