२०२२को विश्वकपको टोनी क्रुसद्वारा आलोचना

फिफाले २०२२ विश्व कप को आयोजकको रूपमा कतारलाई छनोट गर्ने निर्णय लिएको ’bout रियल म्याड्रिडका स्टार टोनी क्रुसले कडा आलोचना गरेका छन्।

कतारलाई विश्व कप आयोजना गर्न दिने निर्णय निकै विवादास्पद रहेको थियो भने कतारमा आप्रवासी कामदारहरू प्रति हुने शोषणको पनि धेरै चर्चा हुने गरेको छ। नेपाल, भारत र बंग्लादेशका धेरै नागरिकहरू कतारलाई विश्व कपको निर्माण कार्यमा रहेका छन् र कामदारहरूको मृत्यु दर अप्राकृतिक रूपमा धेरै रहेको छ।

कामदारहरूको अवस्था र शोषणको ’bout रियलका स्टारले बोलेका छन्। २०१४मा जर्मनीसँग विश्वकप जितेका क्रुसले कतारमा कामदारहरूको परिस्थिति “बिलकुल अस्वीकार्य” रहेको बताए।

एक पोडकास्टमा कुरा गर्दै उनले भने “मलाई लाग्छ यो टूर्नामेन्ट कतारलाई दिने निर्णय गलत थियो।

“आप्रवासी कामदारहरूलाई ५० डिग्री तापक्रममा बिना आराम काम गराएको जानकारी छ, कामदारहरू अपर्याप्त पोषणबाट पीडित बनेका छन्, पानी बिना र सो तापक्रममा। यी सबै कुराहरू बिलकुल अस्वीकार्य छ।”

विश्वकपको क्वालिफायरको खेलहरूमा पनि जर्मन र नर्वे राष्ट्रिय टिमहरूले सो विषय माथि आवाज उठाएका थिए। खेलाडीहरूले मानव अधिकारको पक्षमा टी सर्ट लगाएका थिए।