खेलमा यस्तो हास्यास्पद गल्ती गरे पछि चेल्सीका डिफेन्डरले मागे माफी

प्रिमियर लिगमा शनिवार न्यूकासल युनाइटेड विरुद्धको अवे खेलमा चेल्सीले ४-१को लज्जास्पद हार बेहोरेको थियो भने उक्त हार पछि चेल्सीका स्टार डिफेन्डर थियागो सिल्भाले फ्यानहरू सँग सामाजिक संजाल मार्फत माफी मागेका छन्।

उक्त खेलमा थियागो सिल्भाले धेरै गल्तीहरू गरेका थिए भने चेल्सीले तेस्रो गोल खानुमा उनको ठुलो भूमिका रहेको थियो। खेलको ६१ औं मिनेटमा सिल्भाले बललाई राम्रो सँग नियन्त्रण नगर्दा जोलिन्टनले सो कुराको सदुपयोग गर्दै न्यूकासलको तेस्रो गोल गरेका थिए।

 

उक्त खेल पछि अनुभवी ब्राजिलियन खेलाडी थियागो सिल्भाले फ्यानहरू सँग माफी मागेका छन्। उक्त खेलमा चेल्सी कप्तान रिस जेम्सको पनि खेल राम्रो हुन सकेन भने उनले खेलमा रातो कार्ड पाए पछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो र रिस जेम्सले पनि फ्यानहरू सामु माफी मागेका छन्।

यस सिजन चेल्सीले १३ खेलमा ४ जित ४ बराबरी र ५ हारको सामना गरेको छ जसको मतलब हाल सम्म यस सिजन चेल्सीको जित भन्दा हार बढी रहेको छ- न्यूकासल भने २३ अंकको साथ लिगको छैटौँ स्थानमा पुगेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ