लिभरपुल लेजेण्ड स्टेभन जेरार्ड रेन्जर्स एफसीको व्यवस्थापकको जिम्मेवारीमा

लिभरपुलका लिजेण्डरी इङलिस मिडफिल्डर स्टेभन जेरार्डले चर्चित स्कटिस क्लब रेन्जर्स एफसीको व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने पक्का भएको छ । ३७ बर्षिय जेरार्डले पहिलो पटक सिनियरस्तरको टोलीको प्रशिक्षक बन्ने अवसर पाएका हुन् ।

यसअघि उनले सन् २०१७–१८ को एक सिजन लिभरपुल कै यु–१८ टोलीको जिम्मेवारी सम्हालेका थिए । रेन्जर्स र जेरार्डबीच गत महिनादेखि यसबारे छलफल भईरुहेको थियो । यस सिजन स्कटिस प्रिमियर लिगको तेस्रो स्थानमा रहेको रेन्जर्सले गत १ मईमा मात्र ग्रेम मुर्तीलाई बर्खास्त गरेको थियो ।

रेन्जर्स क्लबका अनुसार जेरार्डलाई आगामी सिजन शुरु हुनु अघि नै आधिकारिक रुपमा क्लबको नयाँ व्यवस्थापकको रुपमा घोषणा गरिने बताइएको छ ।