आईपिएल खेल्न दिएकोमा सपन्दीले ‘दिल्ली डेयरडेभिल्स’लाई यसरी दिए बधाई

सन्दीप लामिछानेले यन इन्डिप्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दीपले तीनै वटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए । मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन्।

सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भए। दोस्रो खेलमा सन्दीप आनुवन्धन भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल भएको थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो । उक्त खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । यसवापत उनलाई स्टाइलिस प्लेयर अफ द म्याच घोषित गरियो र पुरस्कार स्वरूप उनलार्इ एक लाख भारु दिइयो ।

आइतबार सन्दीप याे सिजनकाे अन्तिम खेल मुम्बई इन्डियन्स विरुद्ध खेलेका थिए । साे खेलमा उनले चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । सन्दीप पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।

अन्तिम खेल खेलिसकेपछि नेपाली युवा स्पीनर सन्दीपले इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटमा आफुलाई विश्वास गरेकोमा र अवसर दिएको दिल्ली डेयर डेभिल्सलाई धन्यवाद दिएका छन्। सन्दीपले सोमबार बिहान सामाजिक सन्जाल ट्वीटर मार्फत डेयर डेभिल्सलाई धन्यवाद दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्- ‘आईपिएलमा मलाई विश्वास गरेकामा र अवसर दिएकामा दिल्ली डेयर डेभिल्सलाई हार्दीक धन्यवाद दिन चाहन्छु। नयाँ कुरा सिक्न पाउनु र एक्सपोजर पाउनु अभुतपुर्व अनुभव रह्यो। यस यात्रामा मेरो साथमा रहनु हुने र यसलाई सम्भव बनाउने हुने सबैलाई धन्यवाद।’

उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो।