“म अझै मेसी–रोनाल्डोको स्तरमा पुगेको छैन” : सलाह

लिभरपुलका स्टार विंगर मोहमद सलाहले विश्व फुटबल कै दुई सुपरस्टार लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोसँग आफ्नो तुलना हुन नसक्ने बताएका छन् । सलाहलाई मेसी र रोनाल्डो कै औसतमा पुग्न अझै धेरै समय लाग्ने बताउँछन् ।

सलाहको प्रिमियर लिगको यस सिजन निकै उत्कृष्ट रह्यो । लिभरपुलका लागि उनी गोलमेशीन नै बने । उनले ३६ प्रिमियर लिग म्याचमा ३द्द गोल गरेका थिए । जुन आफैमा एउटा किर्तिमान थियो । साथै उनले प्रिमियर लिगको गोल्डेन बुट, प्रिमियर लिगकै बर्षको उत्कृष्ट खेलाडी लगायत अन्य थुप्रै अवार्ड समेत जिते ।

चर्चित फुटबल साईट गोलका अनुसार सलाहको यो उपलब्धीलाई मध्यनजर गर्दै कतिपयले उनलाई मेसी र रोनाल्डोसँग तुलना गरिरहेका छ्न् । यद्यपि सलाहले भने आफूलाई मेसी र रोनाल्डोको लेभलमा पुग्न अझै समय लाग्ने बताएका छन् ।

सलाहलाई मेसी र रोनाल्डोसँग तुलना हुँदा दिक्क लागिरहेको छ ? भन्ने प्रश्नमा उनले इजिप्ट टुडेसँग कुरा गर्दै भनेका छन् “अहँ ! त्यस्तो लाग्दैन । तर म यो भन्न चाहन्न कि उनीहरुसँग तुलना हुँदा म खुशी छु किनभने उनीहरु विश्व फुटबलमा बिगत १०–११ बर्षदेखि टप लेभलमा छन् । उनीहरुको प्रदर्शन निकै स्थिर छ । मलाई अझै पनि मेरो यो उत्कृष्ट लयलाई धेरै बर्ष कायम राख्न जरुरी छ । मलाई आशा छ, म त्यो गर्न सक्छु । मेसी र रोनाल्डो महान खेलाडी हुन् ।”

स्मरणीय छ कि यस सिजन मेसीले ४५ गोल गरेका छन् भने रोनाल्डोले ४३ गोल गरेका छन् । त्यस्तै सलाहले भने ४४ गोल गरेका छन् ।