सालाहको नयाँ प्रिमियर लिग कीर्तिमान

गए राति ब्राइटनलाई लिभरपुलले ४-० ले हराउने क्रममा मोहम्मद सालाहले १ गोल गर्दै प्रिमियर लिगमा नयाँ रेकर्ड राखेका छन् । सो गोल सालाहको लिगमा ३२ औं गोल थियो ।

यस अघि प्रिमियर लिगमा एकै सिजनमा बढि गोल गर्ने रेकर्ड एलन शेयरर, क्रिस्टियानो रोनाल्डो र लुइस स्वारेजको नाममा संयुक्त रुपमा थियो । यी तीनै खेलाडीले एक सिजनमा ३१ गोल गर्न सफल भएका थिए । ३१ गोलमै अन्तिम गोल सुरुवात गरेका सालाहले एक गोल गर्दै नयाँ कीर्तिमान राखेका हुन् ।

३२ गोल गरेसँगै सालाहले प्रिमियर लिगको गोल्डेन बुट पनि जितेका छन् । विगत दुई सिजनको विजेता ह्यारी केन भने ३० गोलमा सीमित रहँदै दोस्रो स्थान हात पारे ।

नयाँ कीर्तिमान राख्न सकेकोमा आफू गरौवान्वित महसुस गरिरहेको सालाहले बताए । रोमाबाट यसै सिजन लिभरपुल आएका सालाहले आफ्नो राष्ट्र इजिप्टलाई विश्वकपमा पुर्‍याउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । उनको यस सिजनको लय र प्रभावले उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई बलोन डि’ओरका लागि प्रतिस्पर्धा दिने अांकलन गरिएको छ ।