“सालाहलाइ मेस्सी संगको प्रतिस्पर्धा कठिन छ “

युरोपियन गोल्डेन बुट जित्नका लागि लिभरपुलका मोहम्मद सालाहले सामान्य प्रदर्शन गरेर मात्र पुग्ने अवस्था छैन । बार्सिलोनाका लियोन मेस्सी अहिले पनि उनी भन्दा ३ गोलले अगाडि छन् । मेस्सीको ३४ र सालाहको ३१ गोल छ ।

यद्दपी सालाहका लागि गोल्डेन बुट जित्न असम्भव नभएपनि सहज भने छैन । पछिल्लो केहि साता मेस्सीको तुलानमा उनको प्रदर्शन केहि खस्केपछि गोल्डेन बुट जित्ने सम्भावना कमजोर भएको छ ।

पछिल्ला ३ खेलमा मेस्सीले ५ गोल गर्दा इजिप्टियन सालाहले ३ गोल मात्र गरे । गोल्डन बुटको दाबेदारका रुपमा आफुलाई उभ्याउन प्रिमियर लिगमा टोलीको अन्तिम खेलमा सालाहले कम्तीमा ३ गोल गर्नुपर्नेछ । त्यति हुन सक्दा उनले मेस्सीसँग संयुक्त रुपमा अवार्ड प्राप्त गर्नेछन् ।

तर, त्यसका लागि साहालले गोल गरेर मात्र पुग्न छैन , ला लिगामा अर्जेन्टिनी स्टारले गोल नगरेको हुनुपर्नेछ । मेस्सीलाई अन्तिम दुई खेलमा गोल गर्नबाट रोक्न सहज हुने छैन ।

एएस रोमाका पूर्व खेलाडी साहालले प्रिमियर लिगमा भने गोल्डन बुट पक्का गरिसकेको छन् । दोस्रो स्थानका हेरि केनलाई उनले निकै पछि छाडेका छन् । युरोपिन गोल्डेन बुटका अर्का दाबेदर बायर्न म्युनिखका रोर्बेट लेवान्डोवेस्की र लाजियोका किरो इमोबिली छन् । दुवैले समान २९ गोल गरेका छन् ।

पेरिस सेन्ट जर्मेनका इन्डिन्सन काभानी २८ गोलसहित पाँचौं स्थानमा छन् । सिजनका बाँकी खेलमा उनीहरुले धेरै गोल गरेर गोल्डेन बुट जित्ने सम्भावना कम छ । त्यस्तोमा मेस्सीले पाँचौं पटक गोल्डेन बुट जित्नेछन् । जुन आफैमा