‘रोनाल्डो भएको टोलीका लागि केहि असंम्भव छैन’ – माउरिन्हो

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्रिस्टियानो रोनाल्डो भएको टोलीका लागि असंम्भव भन्ने केहि नरहेको बताएका छन् । विश्व कप जित्ने पोर्चुगलको सम्भावनाका विषयमा बोल्दै उनले रोनाल्डो सम्मिलित टोलीबाट जेपनि सम्भव भएको बताएका छन् ।

आफ्नो देशका राष्ट्रिय टोलीलाई कहिल्यै प्रशिक्षण नदिएका माउरिन्होको नजरमा ब्राजिल र स्पेन विश्व कपका सबैभन्दा मुख्य दाबेदार हुन् । यद्दपी रोनाल्डो प्रति माउरिन्हो निकै विश्वस्त छन् ।

‘पोर्चुगल चाखलाग्दो टोली हो । रोनाल्डो विना केहि सम्भव छैन । तर उनी हुँदा केही पनि असम्भव भन्ने छैन,’ रियल म्याड्रिडका पूर्व प्रशिक्षक समेत रहेका माउरिन्होले भने,‘ प्राविधिक र मानसिक रुपबाटै ब्राजिलको तल्लो तहको संरचना छ जुन मलाई मन पर्छ । ब्राजिलयनमा जन्मजात रहेको क्षमतालाई अझै शारीरिक र प्राविधिक रुपमा परिकृत गरिन्छ । ’

माउरिन्होले विश्व कपमा ब्राजिल बारेमा थपे,‘ त्यो यस्तो टोलीको जसको रक्षापक्ति बलियो छ । कमै गोलको सामना गर्छ । विलियन, नेयमार, काउटिन्हो, जिसस जस्ता उच्च स्तरीय खेलाडी छन् ।’

स्पेनको टोलीबाट पनि माउरिन्हो प्रभावित छन् । ‘हामीसँग परम्परात युरोपिन टोली छ । तर मलाई स्पेनमाथि विश्वास छ ,’ उनले भने,‘ फेरि एकपटक स्पेन बलियो भएको छ । एकै शैली र मानसिकता भएका खेलाडीलाई जुटाउन टोली सफल भएको छ । ’

५५ वर्षे माउरिन्हो रसिया विश्व कपमा अलग भूमिकामा रहनेछन् । युरोपियन क्लब फुटबलको विश्रामको समयमा हुने विश्वकपमा उनी विश्लेषकका रुपमा रहनेछन् ।

यो पनि पढ्नुहोस्:- येस कारण रोनाल्डोले बार्सा संग को गोल मनाइएन

बार्साले मेस्सी प्रस्ताव कहिल्यै पाएनन् – राष्ट्रपति बार्टोमू