रोबर्टो कार्लोसको यो अविश्वसनीय गोल जसले अझै पनि फ्यानहरुलाई चकित गर्ने गर्छ

रोबर्टो कार्लोस सबै समयको सबैभन्दा उत्कृष्ट लेफ्ट-ब्याक मध्ये एक हुन्। उनी सबैभन्दा उत्कृष्ट ब्राजिलियन लेफ्ट-ब्याक रहेको धेरैको विश्वास।

उनी एक लेफ्ट-ब्याक भए पनि उनले निकै उत्कृष्ट गोलहरू गरेका छन् जस मध्ये सबैभन्दा प्रसिद्ध १९९७मा फ्रान्स विरुद्धको ‘बनाना’ फ्री किक रहेको छ।

तर त्यो गोलको एक वर्ष पछि रियल म्याड्रिडको लागि खेल्ने क्रममा उनले अर्को पनि उत्कृष्ट र अविश्वसनीय गोल गरेका थिए। १९९८मा टेनेराइफ विरुद्धको खेलमा उनले निकै अविश्वसनीय गोल गरे। मैदानको बायाँ भाग डि-बक्स बाहिरबाट उनले सिधै गोल गरेका थिए।

सो गोलले विपक्षी डिफेन्डर र गोलकिपरलाई स्तब्ध बनाए भने फ्यानहरू पनि चकित भए। सो गोलको अहिले पनि चर्चा हुने गरेको छ।