जब रोनाल्डो सँग नम्बर ९को जर्सी गुमाए पछि यी स्टारले १ प्लस ८को जर्सी लगाए

स्टार खेलाडीहरू आफ्नो जर्सी नम्बरलाई पनि निकै गम्भीरतापूर्वक लिने गर्छन्। मेस्सी १० नम्बरको जर्सी लगाउने गर्छन् भने रोनाल्डो ७ नम्बरको जर्सी र यो नम्बरले पनि खेलाडीहरूको पहिचान दिने गरेको छ।

खेलाडीहरू बिच जर्सी नम्बरको ’bout विवाद हुने कुरा नौलो हैन तर इन्टर मिलानका लेजेण्ड इभान जामोरानोले आफ्नो मन पर्ने नम्बर ९को जर्सी गुमाउन परे पछि उनले निकै अनौठो समाधान निकाले- उनले १८ नम्बरको जर्सीमा बिचमा प्लस चिन्ह राखे।

इन्टर मिलानले १९९८मा रोबर्टो बाजियो साइन गरे पछि उनले १० नम्बरको जर्सी पाए जुन सो समय रोनाल्डोको थियो र रोनाल्डोले भने ९ नम्बरको जर्सी पाए जुन त्यो भन्दा अगाडी इभान जामोरानोको जर्सी नम्बर थियो।

उनलाई नम्बर ९को जर्सी मन पर्ने थियो तर उनले सो जर्सी रोनाल्डो सँग गुमाए पछि उनले १८ नम्बरको जर्सी लगाए जसमा उनले १ र ८को बिचमा प्लस चिन्ह राखे गर्थे जसले आफू एक वास्तविक नम्बर ९ खेलाडी हो भनेर दर्साउनु उनको विश्वास थियो।

जामोरानोको खेल भने इन्टरमा निकै राम्रो थियो र उनी एक क्लब लेजेण्ड हुन् क्लबको लागि १५० खेलमा उनले ४१ गोल गरेका छन् उनको जर्सीको हाल अझै पनि चर्चा हुने गरेको छ।