स्टार खेलाडीहरू आफ्नो जर्सी नम्बरलाई पनि निकै गम्भीरतापूर्वक लिने गर्छन्। मेस्सी १० नम्बरको जर्सी लगाउने गर्छन् भने रोनाल्डो ७ नम्बरको जर्सी र यो नम्बरले पनि खेलाडीहरूको पहिचान दिने गरेको छ।
The Zamorano 1+8 story
Zamorano had the #9 jersey, Ronaldo had the #10 but then, Inter signed Baggio who must wear #10.
Ronaldo the biggest star in the world at the time, took the #9 and Zamorano left with the 1+8 idea.
Weird but true #NetBetNGThrowback pic.twitter.com/YcHtvWTK1O
— NetBet Nigeria (@Netbet_NG) February 20, 2020
खेलाडीहरू बिच जर्सी नम्बरको बारे विवाद हुने कुरा नौलो हैन तर इन्टर मिलानका लेजेण्ड इभान जामोरानोले आफ्नो मन पर्ने नम्बर ९को जर्सी गुमाउन परे पछि उनले निकै अनौठो समाधान निकाले- उनले १८ नम्बरको जर्सीमा बिचमा प्लस चिन्ह राखे।
इन्टर मिलानले १९९८मा रोबर्टो बाजियो साइन गरे पछि उनले १० नम्बरको जर्सी पाए जुन सो समय रोनाल्डोको थियो र रोनाल्डोले भने ९ नम्बरको जर्सी पाए जुन त्यो भन्दा अगाडी इभान जामोरानोको जर्सी नम्बर थियो।
Calcio Fact, the #18: When Ronaldo arrived at Inter, Ivan Zamorano had the no. 9. After refusing to give it up the first year (Ronaldo wore 10), the R9 brand won the battle and Zamorano decided to switch to 18 with a plus sign in the middle to remind everyone he was 9 pic.twitter.com/okTNeO1KFZ
— Francesco (@FRANCESCalciO_) April 15, 2021
उनलाई नम्बर ९को जर्सी मन पर्ने थियो तर उनले सो जर्सी रोनाल्डो सँग गुमाए पछि उनले १८ नम्बरको जर्सी लगाए जसमा उनले १ र ८को बिचमा प्लस चिन्ह राखे गर्थे जसले आफू एक वास्तविक नम्बर ९ खेलाडी हो भनेर दर्साउनु उनको विश्वास थियो।
जामोरानोको खेल भने इन्टरमा निकै राम्रो थियो र उनी एक क्लब लेजेण्ड हुन् क्लबको लागि १५० खेलमा उनले ४१ गोल गरेका छन् उनको जर्सीको हाल अझै पनि चर्चा हुने गरेको छ।