रेमोस् :”सॉरेज़को बानि थाहा भएर मैले टिमलाइ खेल नरोक्न भने”

सिजनको अन्तिम एल क्लासिको २-२ को बराबरीमा सकिएको छ। निकैनै रोमाञ्चक खेलमा १० खेलाडीमा सिमित बार्सिलोनालाई जित्न बाट ग्यारेथ बेलले रोके। बेलले ७२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई बराबरी दिलाएका थिए। रियल म्याड्रिडले जितको अन्तिम समयमा मैदानमा सॉरेज़ घाइते भए पनि खेल नरोकी गोल गर्ने प्रयास गरे ।

सर्जियो रेमोसले पुष्टि गरेका छन् कि, सॉरेज़को बानि थाहा भएर, टिमलाइ खेल नरोक्न उनले आदेश दिएका थिए भनेर।

“लुइस सॉरेज़ को बारेमा मलाई थाहा छ, तेसैले मैले स्पष्ट गरे कि हामी बल बाहिर पठाई खेल रोक्ने काम गर्दैनौ”

हामी यहाँ कसैलाई शिक्षित गर्न आएका हैनौ,

“त्यो रेफरीको काम हो।

“हामी त्यो क्षणमा जित्न चाहन्थ्यौं।”-रेमोस्

हामीलाई थाहा थियो कि सॉरेज़को चोट गम्भीर थिएन, “उनले पुष्टि गरे।

“यसैले हामीले खेल रोकिनौं


बराबरी पछि बार्सिलोनाको ला लिगामा यो सिजन अपराजित यात्रा कायम छ। उपाधि जितिसकेको बार्सिलोना अन्य खेलमा अपराजित रहँदै इतिहास बनाउने लक्ष्यमा छ।

यी पनि पढ्नुहोस्:- तनाबपूर्ण एल क्लासिको बावजुद, म्याच अनुकूल र मैत्रीपूर्ण शैलीमा समाप्त भयो

“मेस्सीलाइ महान खेलाडी हुनको लागि विश्वकपको आवश्यकता छैन”