प्रिमियर लिग क्लब चेल्सीले आफ्नो नयाँ कोच मौरिसियो पोचेटिनो सँगको पहिलो अन्तर्वार्ता सार्वजनिक गरेको छ र उक्त अन्तर्वार्तामा पोचेटिनोले निकै रोचक दाबीहरू गरेका छन्।
Pochettino: “It was easy to say yes to Chelsea. We’ll work hard, play in a way the fans can enjoy football”. 🔵 #CFC
“The history of Chelsea is to win and be at the top. We can’t have up and downs”.
“In the last 10, 12, 15 years, Chelsea is the greatest team in England”. pic.twitter.com/av5JXdRg2H
— Fabrizio Romano (@FabrizioRomano) July 3, 2023
२०१९मा टोटेनह्यामबाट बर्खास्त भएका मौरिसियो पोचेटिनो हाल फेरी प्रिमियर लिगमा फर्केका छन् र उनले आफ्नो पहिलो अन्तर्वार्तामा चेल्सी चेल्सी इंग्ल्याण्डको सबैभन्दा ठुलो क्लब रहेको दाबी गरेका छन्।
“चेल्सीको प्रस्ताव स्वीकार गर्नु सजिलो थियो। हामी कडा मेहनत गर्नेछौँ, फ्यानहरूले फुटबलको आनन्द लिन सक्ने तरिकाले खेल्नेछौँ।- मौरिसियो पोचेटिनोले उक्त अन्तर्वार्तामा बोल्दै भने।
“चेल्सीको इतिहास जित्नु र शीर्षमा रहनु हो। हामी माथि र तल हुन सक्दैनौँ।
“पछिल्लो १०, १२, १५ वर्षमा चेल्सी इङ्ल्यान्डको उत्कृष्ट टोलीको रूप रहेको छ।”
चेल्सीको मिडिया टिम सँगको अन्तर्वार्तामा पोचेटिनो चेल्सीमा आउने आफ्नो निर्णय वारे बोल्दै चेल्सीको खेल्ने शैली, पछिल्लो सफलताको प्रशंसा गर्दै इंग्ल्याण्डको सबैभन्दा ठुलो क्लब रहेको दाबी गरे र चेल्सीको प्रस्ताव स्वीकार गर्नु आफ्नो लागि सबैभन्दा सजिलो निर्णय रहेको पनि उनले बताए।