यी हुन् केहि उत्कृष्ट खेलाडी जो २०१८ विश्वकपमा हुनेछैनन्!

फीफा २०१८ विश्वकप सुरु हुन ४१ दिन मात्र बाकी छ। यो फुटबलको सबैभन्दा ठूलो प्रतियोगित हो । खेलाडीहरु को लागि यो जीवनको सबैभन्दा ठूलो क्षण हो र केहि उत्कृष्ट खेलाडीहरुले २०१८ विश्वकपमा हुनेछैनन् र यी हुन् उत्कृष्ट खेलाडी जो २०१८ विश्वकपमा हुनेछैनन्

ज्लाटन इब्राहिमोभिच, स्वीडन

ज्लाटन इब्राहिमोभिच प्रसिद्ध स्विडिश खेलाडी हुन् ३६ वर्षका ज्लाटनले स्वीडनको लागि ६२ गॉल गरेका छन् । विश्वकप अगाडी नै उनले रिटायर गरेका थिए तर उनि विश्वकप खेल्न फेरी फिर्ता आउने कुरा हुदै थियो तर स्वीडेनको टिमले भने उनलाई विश्वकप नखेलाउने देखा परेको छ । इब्राहिमोभिच टिम को लागि वरणीय नरहेको कोच ले जनाए ।

एलेक्सिस सान्चेज, चिली


सन् २०१५ मा इतिहासमै पहिलो पटक चिलीले कोपा अमेरिका जित्दा टोलीको महत्वपूर्ण हिस्सा रहेका स्टार फरवार्ड एलेक्सिस सान्चेजले लगातार दोश्रो पटक २०१६ पनि चिलीलार्इ कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका निर्बाह गरे। दोश्रो पटक चिलीले कोपा अमेरिका जित्दा सान्चेज प्लेयर अफ द टुर्नामेन्ट समेत भएका थिए। तर, २०१८ मा रुसमा हुन लागेको विश्वकप प्रतियोगिताका लागि चिलीले छनाैट गर्न नसकेपछि सान्चेजले विश्वकप गुमाउने भएका छन्।

आरोन रामसे, वेल्स

सन् १९५८ को एउटा मात्र संमस्करणमा भाग लिएको वेल्सले त्यहि सहभागितामा क्वाटर फाइनल सम्मको यात्रा तय गर्न सफल भएको थियो। लामो समयको अन्तराल पश्चात अन्तर्राष्ट्रिय फुटबलमा माैलाइरहेको वेल्स २०१६ मा भएको युरोकपको सेमिफाइनलमा पुगेको थियो। अर्सेनलबाट व्यवसायिक फुटबल खेल्ने आरोन रामसे वेल्स विश्वकप २०१८ का लागि स्थान बनाउन असफल हुदा उनले पनि विश्वकप गुमाउने भएका छन्।

एन्टोनियो भ्यालेन्सिया, इक्वेडर


सन् २००९ यता म्यानचेस्टर युनाइटेडका महत्वपूर्ण खेलाडीको रुपमा अाफ्नो पहिचान बनाउन सफल खेलाडी हुन् इक्वेडरका क्यापटेन एन्टोनियो भ्यालेन्सिया। २००३ मा पहिलो पटक विश्वकप खेलेको इक्वेडरले त्यस सहित ३ प्रतियोगितामा सहभागिता जनाइसकेको छ। सन् २००३, २००६ र २०१४ को विश्वकप खेलेको इक्वेडरले अाफ्नो सर्वोत्कृष्ठ नतिजा स्वरुप सन् २००६ को विश्व कपमा राउण्ड अफ १६ मा सम्म पुगेको थियो। तर, यहि वर्ष रुसमा हुन लागेको विश्वकपमा छनाैट हुन नसकेपछि एन्टोनियो भ्यालेन्सियाले विश्वकप गुमाउने भएका छन्।

यान अोब्लाक, स्लोभेनिया


पछिल्लो समय एथ्लेटिको म्याड्रिडबाट चमत्कारी प्रदर्शन गरिरहेका यान अोब्लाक स्लोभेनियाली मुलका खेलाडी हुन्। सन् २००२ र सन् २०१० को विश्वकपमा सहभागिता जनाएको स्लोभेनियाले समुह चरण भन्दा अगाडीको यात्रा तय गर्न सकेको छैन्। २०१४ मा बेनिफिकाबाट एथ्लेटिको पुगेका अोब्लाकको राष्ट्र स्लोभेनिया अाउँदो विश्वकपमा छनाैट हुन नसकेपछि यी जादुमय गोलकिपरले विश्वकप गुमाउने छन्।

भर्जिल भ्यान डाइक, नेदरल्याण्डस्


विश्वकप फुटबल इतिहासमै सबैभन्दा दुर्भाग्यशाली मानिने देश हो नेदरल्याण्डस्। विश्वकपका १० समंस्करणहरुमा सहभागिता जनाएको नेदरल्याण्डस्ले सन् १९७४,१९७८ र २०१० गरि ३ फाइनल खेलको छ। तर, अहिले सम्म उपाधि हातपार्न सकेको छैन्। यसै वर्ष रुसमा हुन लागेको विश्वकपका सम्बन्धमा पनि नेदरल्याण्डस् प्रतियोगिता शुरु हुनु अगावै अभागी साबित भइसकेको छ। उत्कृष्ट लयमा रहेका डच डिफेण्डर भ्यान डाइक यसैवर्ष यता लिभरपुलमा अाबद्ध भएका छन्। व्यवसायिक फुटबलमा जमेका भ्यान डाइक नेदरल्याण्डसले विश्वकपमा स्थान बनाउन नसकेपछि उत्कृष्ठ फर्ममा रहेर पनि विश्वकप गुमाउने सूचीमा परेका छन्।

मारेक ह्यामसिक, स्लोभाकिया


सन् २०१० मा पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाएको स्लोभाकियाले त्यसयताका विश्वकपमा स्थान बनाउन सकेको छैन। इटालियन क्लब नेपोलीबाट व्यवसायिक फुटबल खेल्ने मारेक ह्यामसिक स्लोभेनियन खेलाडी हुन्। ३० वर्षिय फरवार्ड ह्यामसिक पनि विश्वकप खेल्नबाट वञ्चित भएका छन्। सन् २००७ यता स्लोभेनियन टिमबाट खेलिरहेका ह्यामसिक देशका लागि १०३ खेल खेल्दै २१ गोल गरिसकेका छन्।

क्रिस्टियन पुलिसिक, संयुक्त राज्य अमेरिका


सन् १९३० मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको संयुक्त राज्यअमेरिकाले पहिलो पटकमै तेश्रो स्थान कब्जा गरे पश्चात खासै उपलब्धि गर्न सकेको छैन। हाल सम्म १० प्रतियोगितामा सहभागिता जनाइसकेको अमेरिका सन् १९८६ यता पहिलो पटक विश्वकपमा स्थान बनाउनबाट चुकेसँगै क्रिस्टियन पुलिसिकले पनि विश्वकप गुमाउने भएका छन्। पुलिसिक सन् २०१६ पछि जर्मन क्लब बोरुसिया डर्टमण्डबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

डेभिड अलाबा, अस्ट्रिया


जर्मन ह्याभिवेट बार्यन म्युनिखका एकेडेमिक प्रोडक्ट हुन् डेभिड अलाबा। रक्षापंतीका साथै मिडफिल्डमा पनि खेल्न सक्ने अलाबा अस्ट्रियाली मुलका खेलाडी हुन्। बार्यन म्युनिखबाट चमत्कारी प्रदर्शन गरिरहेका अलाबाको राष्ट्र अस्ट्रियाले सन् १९३४ मा प्रथम पटक विश्वकपमा सहभागिता जनाएको थियो। हाल सम्म ७ समस्करणमा भाग लिएको अस्ट्रियाका लागि १९५४ मा हात पारेको तेश्रो स्थान नै सर्वोत्कृष्ठ नतिजा हो। तर, अाउँदो जुन–जुलार्इमा हुने विश्वकपमा छनाैट हुन असफल भएपछि अलाबाले सन् २०१८को विश्वकप गुमाउँदै छन्।

अार्जेन रोबिन, नेदरल्याण्डस्


सन् २०१४ मा भएको विश्वकपमा स्पेनविरुद्धको खेलमा अार्जेन रोबिनको प्रदर्शन अविस्मरणीय छ। विश्वकप फुटबल इतिहासमै सबैभन्दा दुर्भाग्यशाली मानिने देश हो नेदरल्याण्डस्। विश्वकपका १० समंस्करणहरुमा सहभागिता जनाएको नेदरल्याण्डस्ले सन् १९७४,१९७८ र २०१० गरि ३ फाइनल खेलको छ। तर, अहिले सम्म उपाधि हातपार्न सकेको छैन्। यसै वर्ष रुसमा हुन लागेको विश्वकपका सम्बन्धमा पनि नेदरल्याण्डस् प्रतियोगिता शुरु हुनु अगावै अभागी साबित भइसकेको छ। नेदरल्याण्डसले छनाैट चरण पार गर्न नसकेपछि चितुवा झै दाैडिने रोबिनले पनि विश्वकप २०१८ गुमाउने भएका छन्।

गेराथ बेल, वेल्स


सन् १९५८ को एउटा मात्र संमस्करणमा भाग लिएको वेल्सले त्यहि सहभागितामा क्वाटर फाइनल सम्मको यात्रा तय गर्न सफल भएको थियो। लामो समयको अन्तराल पश्चात अन्तर्राष्ट्रिय फुटबलमा माैलाइरहेको वेल्स २०१६ मा भएको युरोकपको सेमिफाइनलमा पुगेको थियो। उक्त प्रतियोगितामा वेल्सलार्इ त्यो उचाइ सम्म पुर्याउन गेराथ बेलको अविस्मरणीय भूमिका रहेको थियो। स्पेनिस जायन्टस् रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने बेल हाइ स्पिड रनिङ, फ्रि–किक तथा फिनिसिङका लागि चर्चित नाम हो। तर, वेल्स विश्वकप २०१८ का लागि स्थान बनाउन असफल भएपछि एक पारखी फुटबलर बेलले पनि विश्वकप गुमाउने भएका छन्।

पेरि एम्रिक अबामियाङ, गाबोन


फ्रान्समा जन्मिए पनि बुबा निवर्तमान गाबोन फुटबल टिमका क्याप्टेन भएका कारण पेरि एम्रिक अबामियाङले गाबोनबाट खेल्ने निर्णय गरेका थिए। वर्तमान समयमा पेरि एम्रिक अबामियाङ एउटा फरवार्डको सूचीमा नछुट्ने नाम हो। विश्वकप फुटबलमा अहिले सम्म स्थान बनाउन नसकेको गाबोन यस वर्ष पनि २०१८ को छनाैट चरण पार गर्न नसकेपछि विश्व प्रख्यात स्टार फरवार्ड गाबोनका वर्तमान क्यापटेन पेरि एम्रिक अबामियाङले विश्वकप गुमाउने भएका छन्।