लिभरपुलका स्टार मोहम्मद सलहाले बताए कि उनि प्रिमियर लिगमा तेस्रो पटक गोल्डन बुट जित्न चाहन्छन् तर उनले जोर दिए कि उनको लागि जहिले पनि टीम पहिलो प्राथमिकता हुने छ। सलहा यस सीजनमा तेस्रो पटक प्रिमियर लिग गोल्डन बुटको प्रतिस्पर्धा गर्दै छन् उनले २०१७/१८ र २०१८–१९ सिजनमा गोल्डन बुट जितेका थिए।
उनले ए एसलाई भने: “मलाई थाहा छैन। म अहिलेनै यो भन्न चाहन्न। तर अवश्य पनि म सधैं गोल गरेर टिमलाई जित दिलाउन प्रयास गर्छु।
“यो सिजन म तेस्रो पटक शीर्ष स्कोरर बन्ने राम्रो मौका छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको टोलीसँग ठूलो ट्रफी जित्नु हो।”
सलहा ले थपे: “म क्लबको सबै रेकर्डहरू तोड्न चाहन्छु, त्यो उत्कृष्ट हुने छ। तर, मैले भनेजस्तै टोली जहिले पनि पहिले प्राथमिकता हुने छ जस्तो रेकर्ड अघि आए पनि। तर रेकर्डहरू तोड्दै र खेल जित्दै जानु, यो पनि उत्कृष्ट हुने छ।
“मलाई लाग्छ हाल हामीले च्याम्पियन्स लिगमा र प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्दै छौं। यो सिजन दुबै जित्ने राम्रो मौका छ। गत सिजन हामी यहाँ असफल भयौं। हामी यस वर्ष दुवैको लागि लड्नेछौं।”