सर्जियो अग्वेरोले क्लब छोड्ने भए पछि आउँदो गर्मीको ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीले नयाँ स्ट्राइकर साइन गर्ने धेरै चर्चा भएको थियो भने सिटीको मुख्य लक्ष्य अर्लिङ हलान्ड हुन सक्ने धेरै कुरा भए पनि क्लबका कोच पेप गार्डियोलाले सो चर्चाहरू अस्वीकार गरेका छन्।
Pep Guardiola warns it will be ‘impossible’ for Man City to sign a striker like Erling Haaland… despite multi-billion pound Abu Dhabi backing
https://t.co/DTay0N0XY9— MailOnline Sport (@MailSport) April 2, 2021
सर्जियो अग्वेरोको महँगो प्रतिस्थापन साइन गर्न म्यान्चेस्टर सिटीको लागि असम्भव रहेको पेप गार्डियोलाले दाबी गरे। सिटीले नयाँ स्ट्राइकर साइन गर्ने हल्लाहरू बारे उनले एक अन्तर्वार्तामा बोले।
“आउँदो गर्मीको ट्रान्सफर विन्डोमा हामीले नयाँ स्ट्राइकर साइन नगर्ने ठुलो सम्भावना छ।- पेप गार्डियोलाले भने।
Pep Guardiola: “With the economy in world football now, there’s more chance we are *not* going to sign a striker this summer.
With current prices, we are not going to buy any striker. It’s impossible, we can not afford. All clubs struggling financially, us as well”. 🔵 #MCFC
— Fabrizio Romano (@FabrizioRomano) April 2, 2021
“अहिले हामीसँग पहिलो टिममा पर्याप्त खेलाडीहरू छन् र हामीसँग एकेडेमीका राम्रो खेलाडीहरू छन्, त्यसैले ठुलो सम्भावना छ कि, अहिलेको विश्वको आर्थिक अवस्थाको कारण हामी अर्को सिजनमा नयाँ स्ट्राइकरमा साइन गर्ने छैनौँ। ।
“खेलाडीहरूको यस्तो मूल्यहरूका साथ, हामी कुनै स्ट्राइकर किन्न जान्दैनौँ। यो असम्भव छ, हामी यस्तो खर्च गर्न सक्षम छैनौ। यो हुने छैन। सबै क्लबहरू आर्थिक सङ्घर्ष गर्दछन्, र हामी पनि सो सुचीमा छौ।”
“With these prices we are not going to sign a striker. It is impossible” 💰
Pep Guardiola believes Man City will not be signing a Sergio Aguero replacement this summerpic.twitter.com/8P9BEOZfBf
— Sky Sports (@SkySports) April 3, 2021
“हामीसँग गेब्रियल जेसुस छ, हामीसँग फेरेन टोरेस छ, जसले यस पोजिसनमा अविश्वसनीय रूपमा खेलेका छन्, हामीसँग एकेडेमीमा युवा खेलाडीहरू छन्।
“मलाई थाहा छैन के हुनेवाला छ, हुनसक्छ यो हुनेवाला छ, तर हुनसक्छ हामी अर्को सिजनको लागि कुनै स्ट्राइकर साइन गर्ने छैनौँ। अहिले अझ बढी सम्भावना छ कि हामी अर्को सिजनको लागि कुनै स्ट्राइकर किन्ने छैनौँ। “