नयाँ रोनाल्डो बन्न सक्ने भनिएका यी ६ खेलाडीहरु अहिले कहाँ छन्?

क्रिस्टियानो रोनाल्डो एक फुटबल लेजेण्ड हुन् र धेरै युवा खेलाडीहरू उनीबाट प्रेरित हुने गर्छन्। धेरैको सपना हुने गर्छ रोनाल्डो जस्तो खेलाडी बन्ने र धेरै पटक जब नयाँ युवा खेलाडी चम्किने गर्छ सो खेलाडी नयाँ रोनाल्डो वा नयाँ मेस्सी बन्ने धेरैको अनुमान हुने गरेको छ।

फुटबलमा धेरै सो प्रकारका युवा खेलाडी आए जो नयाँ रोनाल्डो हुन सक्ने भनेर धेरैले अनुमान गरे। नेमार, हजार्ड ती खेलाडी मध्ये हुन् जो नयाँ रोनाल्डो बन्ने धेरैको विश्वास रहेको थियो र हाल हामीले ६ खेलाडीको सुची तयार गरेको छौ जो नयाँ रोनाल्डो बन्न सक्ने भनेर धेरैको विश्वास थियो।

नयाँ रोनाल्डो बन्न सक्ने भनेर धेरैको विश्वास रहेको यी ६ खेलाडीहरू अहिले कहाँ छन् भनेर तलको सुचीमा हेर्न सक्नु हुने छ:-

६. मार्को एसेन्सियो- रियल म्याड्रिड
रियल म्याड्रिडमा २८५ खेल खेल्दै ६१ गोल र ३१ असिस्ट ।
उल्लेखनीय उपाधि- ३ ला लिगा, ३ च्याम्पियन्स लिग, ४ क्लब वर्ल्ड कप, ३ युरोपेली सुपर कप, १ स्पेनिस सुपर कप

५. मार्कस रासफोर्ड- म्यान्चेस्टर युनाइटेड
हाल सम्म युनाइटेडको लागि ३५७ खेल खेल्दै १२३ गोल र ६८ असिस्ट गर्न सफल ।
उल्लेखनीय उपाधि- १ युरोपा लिग, १ एफ ए कप, २ लिग कप

४.उसमान डेम्बेले- बार्सिलोना
हाल सम्म बार्साको लागि १८३ खेल खेल्दै ४० गोल र ४१ असिस्ट गर्न सफल ।
उल्लेखनीय उपाधि- १ फिफा विश्व कप, ३ ला लिगा, १ जर्मन कप, २ स्पेनिस सुपर कप

३. इडेन हाजार्ड- रियल म्याड्रिड
हाल सम्म रियलको लागि ७६ खेल खेल्दै ७ गोल र १२ असिस्ट गर्न सफल ।
उल्लेखनीय उपाधि- १ च्याम्पियन्स लिग, १ क्लब वर्ल्ड कप, २ प्रिमियर लिग

२. नेमार- पिएसजी
हाल सम्म पिएसजीको लागि १७३ खेल खेल्दै ११८ गोल र ७७ असिस्ट गर्न सफल ।
उल्लेखनीय उपाधि- १ च्याम्पियन्स लिग, १ क्लब वर्ल्ड कप, २ ला लिगा, ४ फ्रेन्च लिग, ३ स्पेनिश कप

१. किलियन एम्बाप्पे- पिएसजी
हाल सम्म पिएसजीको लागि २५८ खेल खेल्दै २११ गोल र ९७ असिस्ट गर्न सफल ।
उल्लेखनीय उपाधि- १ फिफा विश्वकप, १ युरोपियन नेसन लिग, ५ फ्रेन्च लिग, ३ फ्रेन्च कप, ३ फ्रेन्च सुपर कप

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ