मनाङ्गको लक्ष: उपाधि रक्षा

पछिल्लो लिग बिजेता मनाङ्ग मर्स्याङ्दी क्लबले आउदै गरेको सहिद स्मारक ए डिभिजन लिगको लागि आफ्नो तयारी सुरु गरेको छ।

जावलाखेल स्तिथ जावलाखेल युथ क्लबको मैदानमा आज सोमबार देखि मनाङ्गले आफ्नो तयारी सुरु गरेको हो

पहिलो दिनको प्रशिक्षणमा १७ खेलाडी सामेल थिए।

क्लबका लगभग सबै पुराना खेलाडीहरुले क्लब छोडको हुनाले प्राय नयाँ खेलाडी बटुलेर तयारि सुरु गरेको मनाङ्गको लक्क्ष्य भने उपाधिको रक्षा रहेको छ।

“पुरानो खेलाडीहरुले क्लब छोडे पनि हामीलाई धेरै असर पर्ने छैन भन्ने हाम्रो विश्वास छ, उनीहरुको स्थानमा राम्रो प्रदर्शन गर्न सकने क्षमता भएको खेलाडीहरु हामीले अनुबन्धित गरिसकेको छौं” क्लबका माहासचीव अनिल गुरुङले बताए।

पछिल्लो सिजन मनाङ्गले लिग त जिते तर मोफसल प्रतियोगिताहरु भने जित्न सकेको थिएन।

“यो सिजन हामीले लिगको साथसाथै धेरै भन्दा धेरै मोफसल प्रतियोगिताहरु जितेर हाम्रा समर्थकहरुलाई खुशी दिलाउने प्रयास गर्ने छौं” गुरुङले थपे।

केहि नयाँ खेलाडीहरु आउन बाकी रहेको र जगजीत श्रेष्ठ डिसेम्बर १ मा आइपुग्ने कुरा पनि उनले जनाए।