म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर साइन गर्न युभेन्टस इच्छुक

म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर डोनी भ्यान डे बिक साइन गर्न युभेन्टस इच्छुक रहेको खबर छ। आउँदो गर्मीको ट्रान्सफर विन्डोमा युभे नयाँ मिडफिल्डरको खोजीमा हुने र डोनी भ्यान डे बिक युभेको प्रमुख लक्ष्य हुन सक्ने जानकारी छ।

खबर अनुसार युभेन्टस एड्रियन रबीओट दिएर डोनी भ्यान डे बिक साइन गर्न इच्छुक रहेको छ।

गत गर्मीको ट्रान्सफर विन्डोमा £३५ मिलियनमा डोनी भ्यान डे बिक आयाक्सबाट युनाइटेड आएका थिए भने हाल उनी क्लबमा केही सङ्घर्ष गर्दै छन् र उनले धेरै खेल समय पाएका छैनन्।

खबर अनुसार भ्यान डे बिक क्लबमा आफ्नो अवस्थाबाट खुसी छैनन् र अन्य क्लबमा जाने कुरामा उनी खुल्ला हुन सक्ने छन्।

खबर अनुसार डोनी भ्यान डे बिकको लागि युभेले एड्रियन रबीओट दिने प्रस्ताव गर्ने छ। ओले गुन्नार सोल्स्कजायर एड्रियन रबीओट साइन गर्न इच्छुक हुन सक्ने खबर रहेको छ।