हाल सामाजिक सञ्जालमा २०१८-१९ सिजनको च्याम्पियन्स लिगको खेलको भिडियो भाइरल हुँदै गएको छ। त्यो सिजनको बार्सिलोना र लिभरपुल बिचको पहिलो लेगको खेलमा रेफरीले मेस्सीलाई विपक्षी टिमलाई सम्मान गर्न आग्रह गरेको भिडियो भाइरल भएको छ।
Never seen footage before of Björn Kuipers telling Lionel Messi to hurry up and show #Liverpool some respect after celebrating scoring his free-kick in the 3-0 win over Liverpool at the Nou Camp in 2019. [UEFA]@LFC #Barcelona pic.twitter.com/7XquzkYc7O
— Jack (@FplJohnWick) November 17, 2020
सो खेल बार्सिलोनाले ३-०ले जितेको थियो र सो खेलमा मेस्सीले दुई गोल गरेका थिए। मेस्सीले निकै उत्कृष्ट फ्री किक गोल गरेका थिए र गोल पछि उनले धेरै सेलेब्रेट गरेको भनेर खेलकै क्रममा रेफरीले आफ्नो जर्सीमा रहेको ‘रेस्पेक्त’ ब्याज(जुन च्याम्पियन्स लिगको आदर्श वाक्य हो) देखाउँदै मेस्सीलाई विपक्षी टिमलाई सम्मान गर्न आग्रह गरेको देख्न सकिन्छ।
Never seen footage before of Björn Kuipers telling Lionel Messi to hurry up after celebrating his free kick vs Liverpool in 2019. pic.twitter.com/maK2L7At11
— The Anfield Talk (@TheAnfieldTalk) November 16, 2020
डच रेफरीले मेस्सीलाई २०१९को युईएफएको डकुमेन्ट्रीको क्लिपमा भनेको सुन्न सकिन्छ: “मेस्सी! किन? खेलमा छिटो फर्किनु! उनीहरूलाई केही सम्मान देखाउनुहोस्!
“हरेक पटक, तपाईँ यो गर्नुहुन्छ।
“किन यस्तो गर्नुहुन्छ?”
रेफरीले मेस्सीलाई सो कुरा भने पछि मेस्सी खुसी नरहेको देख्न सकिन्छ भने सुआरेजले पनि रेफरी प्रति सो विरुद्ध केही इशारा गरेको देखिन्छ।
सो खेल बार्साले ३-०ले जिते पनि दोस्रो लेगको खेलमा लिभरपूलले ४ गोल गर्दै बार्सालाई नकआउट गरेको थियो।