“ला लिगा पछि अब विश्वकप मेरो प्राथमिकता हो”:- मेस्सी

ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ।

डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको थियो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा गरेको थियो । लीग जिते पछि अब विश्वकप उनको प्राथमिकता हो भनेर उनले भनेका छन्।

विश्वकप सुरु हुन मात्र ४३ दिन बाँकी हुदा ला लिगामा बार्सिलोनाको ४ खेल खेल्न बाँकी छ र ४ खेल खेल्न बाँकी हुँदा बार्सिलोनाले लिग जिति सकेको छ । “हामीले ला लिगा जित्यौं, अब हामी धेरै दबाबमा छैनौ”
“ला लिगा पछि अब विश्वकप मेरो प्राथमिकता हो”- मेस्सी

बार्सिलोना २५ औँ पटक ला लिगा च्याम्पियन भएको हो । अहिलेसम्म सबैभन्दा धेरै रियल मड्रिडले ३३ पटक ला लिगा च्याम्पियन भएको छ । विश्वकप २०१८ जून १४ देखि सुरु हुने छ अर्जेंटीनाले आफ्नो पहिलो खेल आइसल्याण्ड संग १६ जुन मा खेल्ने छ ।