मेस्सीलाई बार्सामा फर्किन क्लब लेजेन्दको आग्रह 

Leo Messi of FC Barcelona celebrates after scoring a goal during the match of La Liga between Real Madrid and Futbol Club Barcelona at Santiago Bernabeu Stadium in Madrid, Spain. April 23, 2017. (ALTERPHOTOS) *** Please Use Credit from Credit Field ***

बार्सिलोनाका लेजेन्द विङ्ग ब्याक ड्यानियल अल्भेस क्लबमा फर्किन पाउँदा खुसी छन् भने उनले आफ्नो पूर्व टिम मेट मेस्सीलाई पनि क्लब फर्किन आग्रह गरेका छन्। एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीलाई बार्सामा आएर रिटायर हुन आग्रह गरेका छन्।

“के म भएको भए ३८ वर्षीय खेलाडीलाई क्लबमा साइन गर्थे?” ड्यानियल अल्भेस आफ्नो कम ब्याक बारे एक अन्तर्वार्तामा बोल्दै भने।

“उक्त खेलाडीको नाम ड्यानी आल्भेस, क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी वा ज्लाटन इब्राहिमोभिक नभएसम्म म सङ्कोच गर्न सक्छु। यी खेलाडीहरू हुन् जो संन्यास लिनु परेको बारे सुन्न चाहँदैनन्।”

उक्त अन्तर्वार्तामा अल्भेसले मेस्सीको प्रस्थानबाट आफू दुखी रहेको बताए भने मेस्सीलाई फेरी बार्सामा देख्न इच्छुक रहेको उनले स्वीकारे।

“यदि उनले आफ्नो करियर यहीँ समाप्त गरे भने यो धेरै राम्रो हुनेछ। -अल्भेसले मेस्सीको बारेमा बोल्दै भने

“यहाँ करियर समाप्त गर्नु उनको लागि ठुलो उपहार हुनेछ, र क्लबले यसको हेरचाह गर्न सक्छ।”

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ