क्लबमा बस्न मेस्सीले बार्सिलोना सामु गरे यी मागहरू

बार्सिलोनामा लियोनेल मेस्सीको भविष्य फुटबलको सबैभन्दा ठुलो चर्चाको विषय रहेको छ। बार्सा सँग उनको सम्झौता अर्को वर्ष अन्त्य हुने छ भने दुई बिच अझै सम्झौता विस्तार भएको छैन।

मेस्सीले हाल क्लब छोड्ने धेरै चर्चा हुँदै गरेको बेला अन्य क्लबहरूले पनि उनको अवस्थामा निगरानी राख्दै गरेको छ। बार्सा पनि उनलाई क्लबमा राख्न सबै प्रयास गर्न तयार रहेको खबर छ भने बार्साले नयाँ अध्यक्ष लापोर्टा पाए पछि मेस्सी क्लब मै रहने केही आशा रहेको छ।

हाल खबर अनुसार मेस्सीले आफू क्लबमा बस्न बार्सिलोना सामु गरे ५ मागहरू गरेका छन्। र उनले गरेको मागहरू तल हेर्न सक्नु हुने छ :

१. फेरि च्याम्पियन्स लिगको लागि चुनौती गर्न सक्षम हुने टिमको निर्माण।

२. नयाँ खेलाडीहरू साइन गर्ने रणनीतिमा ठुलो सुधार; फिलिप कोउटिन्हो र मार्टिन ब्रान्थवेटको जस्तो अनावश्यक ट्रान्सफरहरू नगर्ने।

३. मेस्सी उदाउँदो एकेडेमी स्टारहरू, जस्तै पेड्री र अन्सु फातीका लागि एक सल्लाहकारको रूपमा कार्य गर्न जारी राख्न चाहन्छन्, र क्लब युवा स्टारलाई क्लबमै विकास गराउने।

४. रोनाल्ड कोम्यान सँग मजबुत सञ्चार लाइनहरू। लुइस एनरिकको कार्यकाल जस्तो खेलाडी र कोच बिच राम्रो सम्बन्ध।

५. खेलाडीहरिको लापोर्टा सँग सीधा सञ्चार। मेस्सी र लापोर्टाको राम्रो सम्बन्धको इतिहास छ, र सो विश्वास र सम्बन्धको मद्दतमा क्लब पुनर्निर्माणको कार्य।