त्यो एक मात्र खेलाडी जो सँग मेस्सीले जर्सी मागे

विपक्षी खेलाडीहरूले खेल पछि लियोनेल मेस्सीको शर्ट माग्ने कुरा निकै सामान्य हो, तर उनले पनि आफ्नो क्यारियरको एक अवसरमा यस्तै गरेका छन्।

पूर्व बार्सा कप्तानले खुलासा गरेको थिए कि उनले रियल म्याड्रिडका लेजेण्ड जिनेदिन जिदानसँग जर्सी मागेका थिए त्यो बेला जिदान लस ब्लान्कोसमा लागि खेलाडीको रुपमा थिए।

“म सर्टको लागि सोध्दिन, तर मैले जिदानलाई एक पटक सोधे” मेस्सीले केही टिसी सपोर्टसँगको अन्तर्वार्तामा भनेका थिए।

“विपक्षी टिममा अर्जेन्टिनाका खेलाडी भए उक्त खेलाडी सँग म जर्सी साट्ने गर्छु , तर जबसम्म कसैले मलाई सोध्दैन, म कसैलाई सोध्दिन ।

मेस्सीले उल्लेख गरेको खेल एल क्लासको थियो जुन एस्टिडियो स्यान्टियागो बर्नाबियुमा भएको थियो, जिदानले ५ नम्बरको जर्सी लगाएका थिए।