फ्रेन्च क्लब पिएसजीका स्टार खेलाडी एम्बाप्पेले क्लब सँग सम्झौता विस्तार नगरे पछि २०२४मा एम्बाप्पे फ्री एजेन्टको रूपमा क्लब छोड्ने सम्भावना रहेको बेला पिएसजीले एम्बाप्पेलाई दुई हप्ता भित्र क्लब छोड्न वा सम्झौता विस्तार गर्न आग्रह गरेको छ।
🚨 Nasser Al Khelaifi: “Kylian Mbappé he has to decide next week or in two weeks. No more than this”.
“If he does not want to sign a new contract, the door is OPEN”.
“No one is bigger than the club, no player, not even me. It’s very clear”, told Le Parisien. pic.twitter.com/0TJbsai4Gq
— Fabrizio Romano (@FabrizioRomano) July 5, 2023
२०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै पिएसजी यसै ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य भएको छ र पिएसजीका सीईओ नासेर अल-खेलाफीले एक पत्रकार सम्मेलनमा एम्बाप्पेको अवस्था वारे बोलेका छन्।
“किलियन एम्बाप्पेले एक हप्ता वा दुई हप्ता भित्र निर्णय गर्नुपर्नेछ। यो भन्दा बढी समय छैन।”- नासेर अल-खेलाफीले बताए।
“यदि उहाँ नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्न भने, क्लबको ढोका खुला छ- क्लब भन्दा ठुलो कोही छैन, कुनै खेलाडी, म पनि छैन। यो धेरै स्पष्ट छ।”
Nasser Al-Khelaifi tells Le Parisien
Kylian Mbappe must decide whether he will sign a new PSG deal as soon as possible. “He has to decide next week or in two weeks. No more than this. If he does not want to sign a new contract, the door is open.” 🇫🇷 pic.twitter.com/1vvRW2dZA5— Ben Jacobs (@JacobsBen) July 5, 2023
एम्बाप्पे र पिएसजी बिचको सम्झौतामा एक वर्ष विस्तार गर्न मिल्ने क्लज रहेको छ तर एम्बाप्पेले अचानक एक पत्र लेख्दै सो सम्झौतामा विस्तार नगर्ने जानकारी दिए पछि पिएसजी एम्बाप्पे सँग आक्रोशित भएको छ र उनलाई यही ट्रान्सफर विन्डो बेच्ने पिएसजीको योजना रहेको ।
एम्बाप्पे भने यस सिजन पिएसजीमै बताउँदै आएका छन् जसले पिएसजीलाई निकै गाह्रो अवस्थामा लगेको छ र सो कारण एम्बाप्पेलाई कि सम्झौता विस्तार गर्न कि यही ट्रान्सफर विन्डो क्लब छोड्न पिएसजीले दबाब दिएको छ।