एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-० गोल अन्तरले हराएको हो ।
लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे । मोहमद सलाहको नाममा एक गोल रह्यो ।
आर्सनलको मैदानमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।
तर, खेलको ६४ औं मिनेटमा जोटाले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।
सलाहले ६८ औं मिनेटमा गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।
यस जितसँगै लिभरपुल लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
लिभरपुलले ३० खेलमा ४९ अंक जोडेको छ ।
आर्सनल ४२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।