LIVE’ नेपाल र प्यालेस्टाइनविरुद्धको खेल लाइभ हेर्नुहोस:

पहिलो खेलमा पराजित नेपाल प्यालेस्टाइनविरुद्ध गर या मरको स्थितिमा हुनेछ । मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो ।

नेपाल र प्यालेस्टाइनविरुद्धको खेल लाइभ हेर्नुहोस (तल)

सिल्हेटस्थित जिल्ला स्टेडियममा नेपाललाई दोस्रो चरणमा पुग्न फराकिलो जित आवश्यक रहेको छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ । समूह ’ए’ मा रहेको नेपालले अंक जोड्न सकेको छैन ।

यता, प्यालेस्टाइन र ताजकिस्तानले ३ – ३ अंक जोडेको छ । प्यालेस्टाइनविरुद्ध जित निकाले नेपालको पनि ३ अंक हुनेछ । यस्तोमा गोल अन्तरले अघिल्लो चरण पुग्ने दुई टोलीको तय हुनेछ ।

नेपाल र प्यालेस्टाइनविरुद्धको खेल लाइभ हेर्नुहोस: