क्विक्स कप इन्टर स्कूल महिला फुटबल प्रतियोगिता सुरु

क्विक्स कप इन्टर स्कूल महिला फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स फुटबल मैदानमा प्रतियोगिता सुरु भएको हो।

पहिलो दिनमा ३ खेल भएको थियो।

१. त्रिबेणी माध्यमिक विद्यालय VS नेपालय एड्युकेसन फाउन्डेसन विद्यालय

२. दुर्गा माध्यमिक विद्यालय VS मंगलदीप बोर्डिंग विद्यालय

३. ज्वालामुखी प्राथमिक विद्यालय VS चहरि शिक्षा सदन

पहिलो खेलमा त्रिबेणी माध्यमिक विद्यालयले नेपालय एड्युकेसन फाउन्डेसन विद्यालयलाई ५-१ को अन्तरले पराजित गरेको थियो जसमा त्रिजा तामांगले ह्याट्रिक गरेका थियिन भने सजना राई तथा निशा थुलुङ्गले १-१ गोल गरे।

त्यसै गरी नेपालय एड्युकेसन फाउन्डेसन विद्यालयको लागि जानकी लामिछानेले गोल गरेका थियन।

दोस्रो खेलमा दुर्गा माध्यमिक विद्यालयले मंगलदीप बोर्डिंग विद्यालयलाई २१-० को अन्तरले पराजित गरेको थियो।

त्यस्तै तेस्रो खेलमा ज्वालामुखी प्राथमिक विद्यालयले चहरि शिक्षा सदनलाई २-० को अन्तरले पराजित गरेको थियो जसमा कृतिका राई र सबिना लिम्बुले १-१ गोल गरेको थियिन।