यो नक्कली खेलाडी जसले सबैलाई मूर्ख बनाउँदै प्रिमियर लिगको क्लबमा खेले

२५ वर्ष अगाडी अलि दियाले साउथेम्प्टनबाट प्रिमियर लिगमा आफ्नो पहिलो खेल खेले जुन उनको अन्तिम थियो। कथा यस्तो छ कि दियाले १९९५मा कुनै तरिकाले साउथेम्प्टनका कोचलाई विश्वास गराए कि उनी स्टार खेलाडी जर्ज वेहका भाइ हुन् र आफू १९९५को बलोन डि’ओर विजेता र वर्षका उत्कृष्ट खेलाडी जर्ज वेह रहेका भनेर उनले कोचलाई फोन पनि गरेका थिए।

उनले यो पनि दाबी गरेका थिए कि उनी पेरिस सेन्ट-जर्मेनका खेलाडी थिए र आफ्नो देशको लागि ११ गोल गरेको उनको झूटो कथा थियो।

यो सबै बनावटी कथाबाट उनले सबैलाई मूर्ख बनाउँदै प्रिमियर लिगको क्लबमा एक महिनाको सम्झौता पाए र उनले खेल पनि खेले। १९९६को २३ नोभेम्बरमा ३३ नम्बरको जर्सीको साथ लिड्सको विरुद्ध उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरे।

तर उनको खेल निकै खराब थियो र उनलाई बल किक समेत गर्न नआउने देखिन्थ्यो। उनको खराब प्रदर्शन पछि कोचले उनलाई ८५ मिनेटमा केन मोनकुउ सँग परिवर्तन गरे।

यो कुरा स्पष्ट भयो कि दिया एक नक्कली खेलाडी थिए र उनले सबैलाई आफ्नो झूटो कथाबाट मूर्ख बनाएका थिए क्लबले सो पछि उनी सँग आफ्नो सम्झौता रद्द गरेको थियो।