२०१४ विश्वकपको फाइनल मा गोल गरेका गोत्ज़े २०१८को विश्वकपको प्रारम्भिक टोलीमा समावेश हुन सकेन

विश्वकप साविक विजेता जर्मनीले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् ।

विश्वकपको अन्तिम २३ खेलाडीको सुची भने जुन ४ मा घोषणा गर्ने लोले बताए । त्यस्तै प्रशिक्षक लोले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता २०२२ को कतार विश्वकपसम्म विस्तार गरेको पनि बताएका छन् ।

विश्वका नम्बर १ गोलकिपर मानिने म्यानुयल नोया सेप्टेम्बरदेखि घाइते रहे पनि टोलीमा समावेश भएका छन् । अर्को तर्फ २०१४ विश्वकपमा विजयी गोल गरेका मारियो गोएट्जा भने टोलीमा परेका छैनन् । लयमा रहेका टिमो वेर्नर र जुलियन ड्राक्सलर भने टोलीमा फर्केका छन् । ठुला प्रतियोगितामा चोटका कारण सहभागि हुन नसकेको तितो इतिहास बोकेका मार्को रोयस भने टोलीमा समावेश भएका छन् ।

जर्मनीको प्रारम्भिक टोली:

गोलकिपर– बेर्न्ड लेनो, म्यानुयल नोया, मार्क आन्द्रे टेर स्टेघेन, केभिन ट्राप
डिफेन्डर– जेरोम बोयटाङ, माथियस गिन्टर, जोनास हेक्टर, जोसुवा किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियो रुडिगर, निक्ला सुले, जोनाथन टाह
मिडफिल्डर- जुलियन ब्रान्ड्ट, इल्के गुन्डगन, समि खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरेट्जका, मार्को रोयस,, सेबास्टियन रुडी
फरवार्ड – लेरोय साने, निल्स पेटरसन, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर