आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३-०ले पराजित गरेको थियो। उक्त खेलको ३औँ मिनेटमै युनाइटेडले अर्जेन्टाइन युवा स्टार गार्नाचोको उत्कृष्ट बाइ-साइकल गोलको मद्दतमा अग्रता लिएको थियो।
These slo-mo angles of Garnacho’s goal just hit different 😮💨
pic.twitter.com/fnJKvAvZIW— Stretford Trends (@StretfordTrends) November 26, 2023
खेलको सुरु देखिनै म्यानचेस्टर युनाइटेड आक्रामक रहेको थियो भने खेलको ३औँ मिनेटमा दलोतको क्रसमा म्यान युनाइटेडका अर्जेन्टाइन युवा स्टार गार्नाचोले निकै उत्कृष्ट बाइ-साइकल गोल गरे भने उक्त गोल गरे पछि गार्नाचोले युनाइटेडका लेजेण्ड र आफ्नो आइडल क्रिस्टियानो रोनाल्डोको शैलीमा सेलेब्रेट गरे।
Alejandro Garnacho’s bicycle kick against Everton was almost identical to Wayne Rooney’s iconic bicycle kick against Man City.
He hit Cristiano Ronaldo’s ‘SIUUU’ and ‘I’m here’ celebrations after scoring.
He’s United through and through 😤❤️ pic.twitter.com/dzWqdocnce
— ESPN FC (@ESPNFC) November 26, 2023
उक्त गोल निकै उत्कृष्ट रहेको थियो भने सो गोलको तुलना म्यानचेस्टर युनाइटेड लेजेण्ड रुनीको बाइ-साइकल गोल सँग पनि हुन सुरु भएको छ।
म्यानचेस्टर युनाइटेडले उक्त अवे खेल भने ३-०ले जितेको थियो। दोस्रो हाफमा युनाइटेडको लागि राशफोर्ड र एन्थोनी मार्सियलले गोल गरे।
सो जित सँगै म्यानचेस्टर युनाइटेड हाल लिगको छैटौँमा पुगेको छ। १३ खेलमा २४ अंक प्राप्त गरेको युनाइटेडले लिगमा अब अर्को हप्ता न्यूकासल युनाइटेड विरुद्ध खेल्ने छ।