२०१८ विश्वकप सुरु हुन ५५ दिन बाँकी: हेर्नुहोस् विश्वकपका यी यादगार क्षणहरू

फीफा २०१८ विश्वकप सुरु हुन ५५ दिन मात्र बाकी छ। यो फुटबलको सबैभन्दा ठूलो प्रतियोगित हो । खेलाडीहरु को लागि यो जीवनको सबैभन्दा ठूलो क्षण हो र विश्वकप संग सम्बन्धित धेरै यादगार क्षणहरू छन्। तिनीहरूमध्ये केही छन् हामीले तल सूचीबद्ध गरेका छौं!

 

दक्षिण कोरियाको इटालीमाथिको जित
२००२ विश्वकप जापान र कोरियाद्वारा होस्ट गरिएको थियो । उक्तो विश्वकपमा दक्षिण कोरियाले निकै राम्रो नतीजाहरु हासिल गरे इटालीमाथि जित निकाल्दै इतिहास बनाए। तर उक्त खेलमा रेफरीको धेरै आलोचना भएको थियो। कोरियाको पक्षमा रेफरीले निर्णय लिएको भनेर आरोपहरु धेरै आए । यो म्याच धेरै विवादास्पद भनेर चिनिन्छ।

लाम्पार्डको गोल अस्वीकार
लम्पर्डको ‘गोल’ २०१० को विश्व कपमा जर्मनी विरुद्ध १६ औं राउन्डमा महत्त्वपूर्ण समयमा आयो। २-१ले पछि परेका इङ्गल्याण्डको लागि लम्पर्डले गोल गरे। त्यो बल गोल लाइन भित्र गएर फिर्ता आएर गोलकीपरको हातमा पर्यो सो गोललाइ रेफरीले बेवास्ता गर्दै खेल अगाडी बढाए । यस घटना पछि फीफा बेहद आलोचना गरियो र फुटबलमा VAR प्रविधि प्रयोग हुन थाल्यो

 

सुआरेज़को टोकाइ
२०१४ विश्वकपमा इटालि विरुद्ध उरुग्वेको अन्तिम समूह खेलको ७९ मिनेटमा सुआरेज़ले इटालिका चीलेनिलाइ टोके तेस पछि उनलाई फिफाले चार महिना प्रतिबन्धित गरे। २०१०को विश्वकपमा पनि उनले आफ्नो हातले विपक्षी टोलिको गोल रोकेका थिए र उनलाई रातो कार्ड देखाइएको थियो।

 

२००६ विश्कप फाइनलमा जिदानको आक्रमण

२००६ विश्कपको फाइनलमा जिदानकोले सबैलाइ आश्चर्यचकित गरे फ्रान्स र इटालीको फाइनल खेलमा जिदानले इटालीका खेलाडी को छातीमा आफ्नो टाउकोले आक्रमण गरे तेस पछि उनलाई सिधै रातो कार्ड देखाइयो र उनि खेल बाट बाहिर भए ।

 

माराडोना को “ह्यान्ड अफ गड”
इङ्गल्याण्ड र अर्जेन्टिनाबीच १९८६ को क्वार्टर फाइनल फुटबलको सबैभन्दा प्रतिष्ठित क्षणको रुपमा प्रसिद्ध छ। १९८६ को क्वार्टर फाइनलमा माराडोनाले आफ्नो हात प्रयोग गर्दै गोल गरे विपक्षी टोलिले रेफरीलाइ गुनासो गरे पनि माराडोनाको गोल रद्द गरिएन त्यो गोल लै अहिले अझै पनि “ह्यान्ड अफ गड” भनेर चिनिन्छ।