पिएसजी आफ्नो सुपरस्टार किलियन एम्बाप्पेलाई बेच्न तयार रहेको बेला उनको नाम धेरै ठुलो क्लबहरू सँग जोडिएको छ भने प्रिमियर लिगको क्लबहरू मध्ये एम्बाप्पेको चाहना आर्सनल हुने रिपोर्ट रहेको छ।
🚨 If Kylian Mbappé were ever to go to the Premier League, Arsenal would actually be his first choice. 👀
He likes the evolution of Mikel Arteta’s team and would enjoy the challenge of delivering the title to the Gunners again.
(Source: @Independent) pic.twitter.com/lFsEtk7uFM
— Transfer News Live (@DeadlineDayLive) July 7, 2023
अर्को वर्ष एम्बाप्पे फ्री एजेन्ट भए उनलाई साइन गर्न प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड र लिभरपुल सहित आर्सनलले पनि प्रयास गर्न सक्ने रिपोर्ट रहेको बेला द इंडिपेंडेंटले प्रिमियर लिगको क्लबहरू मध्ये एम्बाप्पेले आर्सनललाई रोज्ने दाबी गरेको छ।
द इंडिपेंडेंटका अनुसार एम्बाप्पेलाई आर्सनलमा मिकेल आर्टेटाको टोलीको विकास निकै मनपरेको छ र गनर्सलाई फेरि उपाधि जिताउने चुनौतीको मजा लिने उनी तयार हुन सक्ने छन्।
तर सोही रिपोर्टले आर्सनलले एम्बाप्पेलाई यही ट्रान्सफर विन्डो साइन गर्न सक्षम नहुने जनाएको छ। अर्को वर्ष उनलाई फ्री एजेन्टको रूपमा नगुमाउने र यही ट्रान्सफर विन्डो उनलाई २०० मिलियन युरोमा बेच्ने पिएसजीको अडान रहेको छ र सो रकम तिर्न आर्सनल असक्षम हुने जानकारी छ।
हाल उनलाई साइन गर्ने मुख्य दाबेदारको रूपमा ला लिगा क्लब रियल म्याड्रिड रहेको छ। धेरै समय देखि रियल म्याड्रिडले उनलाई साइन गर्ने प्रयास गर्दै आएको छ र एम्बाप्पेले पनि रियलमा खेल्ने आफ्नो सपना रहेको बताएका छन्।