फुटबल इतिहासको सबैभन्दा चर्चित पलहरू मध्ये एक रहेको क्षण जब रोनाल्डिन्होले रियल विरुद्ध गोल गरे र सान्टियागो बर्नबेउ स्टेडियममा रियलका फ्यानहरूले पनि उनको उत्कृष्ट प्रदर्शनको लागि उनलाई सम्मान गर्दै स्टैंडिंग ओवेशन दिए।
When Ronaldinho did this against Real Madrid…
And the Santiago Bernabeu gave him a standing ovation 👏
— Goal (@goal) May 12, 2020
नोभेम्बर १९, २००५मा म्याड्रिडमा शनिवारको रात बर्नबेउमा आफ्नो चिर प्रतिद्वन्द्वी बार्सा सँगको खेलमा रियल फ्यानहरू रोनाल्डिन्होको खेलबाट निकै नम्र भए। ब्राजिलियन स्टारले आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै इकर क्यासिलास विरुद्ध गोल गरे। सो गोल पछि रियलका फ्यानले समेत सो गोलको प्रशंसा गर्दै उनलाई स्टैंडिंग ओवेशन दिए र उनको गोलको लागि ताली बजाउँदै उनलाई सम्मान गरे। ।
सो खेलमा रोनाल्डिन्होको प्रदर्शन निकै राम्रो रहेको थियो र उनकै मद्दतमा बार्साले रियललाई उसकै होममा पछि पार्दै थियो। उनको प्रदर्शनबाट प्रभावित भएर रियलका फ्यानहरूले आफ्नै चिर प्रतिद्वन्द्वी क्लबका सुपरस्टारलाई स्टैंडिंग ओवेशन दिए।
🇧🇷 Ronaldinho in 2005/06:
🏆 FIFA Confederations Cup
🥇 FIFA World’s Best Player
🥇 FIFPro Globe Player
🏆 Champions League
🥇 Ballon d’Or
🥇 Onze d’Or
🏆 La Liga winner👏 Standing ovation at the Santiago Bernabeu after destroying Real Madrid. pic.twitter.com/6zxMeqbgMy
— PF | Transfer News (@PurelyFootball) November 14, 2020
सो खेल बार्साले ३-०ले जितेको थियो र रियलका फ्यानहरूको रोनाल्डिन्हो प्रतिको सम्मान अझै पनि फुटबल इतिहासकै एक उत्कृष्ट पल रहेको छ।