फ्रेन्च क्लब पिएसजी आफ्नो स्टार खेलाडी एम्बाप्पेलाई बेच्न तयार रहेको बेला उनलाई साइन गर्ने मुख्य दाबेदारको रूपमा ला लिगा क्लब रियल म्याड्रिड बनेको छ र उनको लागि रियल म्याड्रिड २०० मिलियन युरो सम्म तिर्न तयार हुने रिपोर्ट रहेको छ।
🚨 Real Madrid are ready to pay €200M to PSG for Kylian Mbappé this summer. 💰
(Source: @jpedrerol ) pic.twitter.com/Ny6oKS0wNu
— Transfer News Live (@DeadlineDayLive) July 6, 2023
एम्बाप्पे र पीएसजी बिचको सम्झौता २०२४मा अन्त्य हुने भएको कारण यही ट्रान्सफर विन्डोमा उनलाई बेच्न पिएसजी बाध्य रहेको बेला उनलाई साइन गर्न रियल म्याड्रिडको प्रयास हुने छ र धेरै समय देखि एम्बाप्पेलाई भित्राउने रियल म्याड्रिडको योजना रहेको थियो।
हाल रिपोर्ट अनुसार उनलाई बेच्न पिएसजी तयार रहेको छ तर पिएसजीले उनको लागि १५० मिलियन युरो भन्दा धेरै माग्ने चर्चा रहेको बेला रियल म्याड्रिड उनको लागि २०० मिलियन युरो सम्म तिर्न तयार हुने स्पेनिस मिडियाहरुले जनाएको छ।
एम्बाप्पेले पनि रियल म्याड्रिडमा खेल्ने आफ्नो सपना रहेको बताउँदै आएका छन् र २०२१मा रियल म्याड्रिड एम्बाप्पेलाई भित्राउन धरै नजिक पुगेको थियो तर अन्तिम समयमा एम्बाप्पेले पिएसजी सँग सम्झौता विस्तार गरेका थिए।
एम्बाप्पे र पिएसजी बिचको सम्झौतामा एक वर्ष विस्तार गर्न मिल्ने क्लज रहेको छ तर एम्बाप्पेले अचानक एक पत्र लेख्दै सो सम्झौतामा विस्तार नगर्ने जानकारी दिए पछि पिएसजी एम्बाप्पे सँग आक्रोशित भएको छ र उनलाई बेच्ने प्रयासमा पिएसजी रहेको छ।