ला लिगा क्लब बार्सिलोनाका पूर्व डिफेन्डर जेरार्ड पिकेले एक अन्तर्वार्तामा बार्सिलोनाको चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडको वारे बोलेका छन्।

बार्सिलोना र रियल म्याड्रिड बिच धेरै समय देखि हुँदै आएको प्रतिस्पर्धा वारे बोल्दै पिकेले आफू रिटायर भए पनि रियल म्याड्रिडले सधैँ हारोस् भनेर भनेर अझै पनि आफूले आशा गर्ने गरेको बताए तर रियल म्याड्रिड एक ठुलो क्लब रहेको उनले स्वीकार पनि गरे।

“मैले सधैँ रियल म्याड्रिडलाई एक प्रतिद्वन्द्वीको रूपमा बुझेको छु जुन हाम्रो लागि सबै कुरा हो। प्रतिद्वन्द्वी बाबजुद रियल म्याड्रिड एक उत्कृष्ट र ठुलो क्लब हो।”- पिकेले रियल म्याड्रिड र बार्सा बिचको प्रतिस्पर्धा वारे बोल्दै भने।

“हाल म फुटबलबाट रिटायर भए पनि म अझै आशा गर्छु कि रियल म्याड्रिड सधैँ हार्नेछ।”

स्पेनिस डिफेन्डरले २०२३को जनवरीमा फुटबलबाट संन्यास लिएका थिए।

उनले ला लिगा क्लब बार्साबाट ६१६ खेल खेल्दै ५३ गोल र १३ असिस्ट गरेका छन् र सो क्रममा उनले बार्सा सँग ९ स्पेनिस लिग र ३ च्याम्पियन्स लिग उपाधि जितेका छन् र स्पेन राष्ट्रिय टिमको साथ उनले फिफा विश्व कप र युरो कप पनि जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ