प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीले टोटेनह्याम विरुद्ध खेलेको थियो भने हाल उक्त खेलको एक क्षण वारे हाल धेरै चर्चा हुँदै गरेको छ।
🚨 Goal! Son just scored – and now he scores an own goal! Manchester City 1-1 Tottenham | Son Heung-min (OG) pic.twitter.com/zzBCt1WEJY
— Footy Tekker (@FootyTekker) December 3, 2023
इतिहाद स्टेडियममा भएको उक्त खेलमा टोटेनह्यामका कोरियन स्टार सन हेउङ मिनले ९ भित्र दुई गोल गरे तर उनको एक गोल आफ्नो टिमको लागि थियो भने अर्को गोल विपक्षी टिमको लागि हुन पुग्यो।
खेलको छैटौँ मिनेटमै सनले टोटेनह्यामलाई काउन्टर अट्याकको मद्दतमा गोल गर्दै अग्रता दिलाए र उक्त गोलको ३ मिनेट पछि नै सनले फेरी गोल गरे तर सो गोल भने उनले आफ्नै पोस्टमा गर्न पुगे र खेल बराबरीमा गएको थियो।
This is how long there was between Son Heung-min putting Spurs ahead and scoring an own goal 🤯#MCITOT pic.twitter.com/WQ8j0wWW8q
— BBC Sport (@BBCSport) December 3, 2023
खेलको ८औ मिनेटमा सिटीले फ्री किक पाएको थियो भने उक्त फ्री किकबाट आएको बल सनलाई टच गर्दै पोस्ट भित्र जसको कारण सनले ओन गोल गर्न पुगे। उक्त खेलमा सनले १ गोल १ ओन गोल र १ असिस्ट गरे भने हाल उनको उक्त दुई गोल वारे हाल धेरै चर्चा हुँदै गरेको छ।
आइतबार भएको उक्त खेल भने ३-३को स्कोरमा अन्त्य भएको थियो। निकै रोमाञ्चक बनेको खेलमा दुवै टिमले अग्रता पाए पनि जोगाउन नसके पछि अंक बांडन बाध्य भएको थियो।
बराबरी पछि हाल सिटी लिगको तेस्रो स्थानमा रहेको छ भने स्पर्स पाँचौँ स्थानमा पुगेको छ।