आफ्नै खेलाडीलाई नट-मेग गरे पछि आर्सनलका कोचले गरे रोनाल्डोको सेलेब्रेसन

म्यानचेस्टर युनाइटेडका युवा स्टार गार्नाचोले निकै उत्कृष्ट बाइ-साइकल गोल गर्दै रोनाल्डोको सेलेब्रेसन गरे पछि सो वारे धेरै चर्चा भएको एक हप्ता नहुँदा आर्सनलका कोच मिकेल आर्टेटा पनि रोनाल्डोको सेलेब्रेसन गरेको भिडियो हाल भाइरल हुँदै गएको छ।

च्याम्पियन्स लिगमा लेन्स विरुद्धको खेल अघि आर्सनलको प्रशिक्षण सत्रमा आर्सनल कोच मिकेल आर्टेटाले आफ्नै टिमको कप्तान मार्टिन ओडेगार्डलाई नट-मेग गरे पछि रोनाल्डोको सेलेब्रेसन गरे भने हाल सो भिडियो भाइरल बन्न पुगेको छ।

रोनाल्डोको ‘Siu’ सेलेब्रेसन धेरै प्रतिष्ठित रहेको छ भने फुटबल सहित अन्य खेलका खेलाडीहरूले पनि रोनाल्डोको उक्त सेलेब्रेसन गर्ने गरेको छ।

गत आइतबार मात्र प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका अर्जेन्टाइन युवा स्टार गार्नाचोले निकै उत्कृष्ट बाइ-साइकल गोल गरे भने उक्त गोल गरे पछि गार्नाचोले युनाइटेडका लेजेण्ड र आफ्नो आइडल क्रिस्टियानो रोनाल्डोको शैलीमा सेलेब्रेट गरे पछि सो वारे धेरै चर्चा भएको थियो ।

हाल आर्सनलका कोचले नै आफ्नै खेलाडीलाई नट-मेग गरे पछि सो सेलेब्रेसन गरे पछि हाल सो वारे धेरै चर्चा हुँदै गरेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ