२०२२ विश्वकप विजिते लियो मेस्सीले यस वर्ष फेरी बलोन डि’ओर जित्न सक्ने चर्चा हुँदै गर्दा सुपरस्टार मेस्सीले भने उक्त अवार्डलाई आफूले कहिले धेरै महत्त्व नदिएको र व्यक्तिगत अवार्ड भन्दा टिम सँग प्रतियोगिता जित्नेमा आफू केन्द्रित रहेको मेस्सी बताए।
🚨 Leo Messi: “What do I think about another Ballon d’Or? I always said that this is an award that means so much in football and it’s one of the best awards on individual level, but I never gave it so much importance to that as I always said that I prefer club trophies. To be… pic.twitter.com/mAOeU3nxp5
— All About Argentina 🛎🇦🇷 (@AlbicelesteTalk) August 17, 2023
हाल इन्टर मायामीमा खेलाडी गरेका मेस्सीलाई एक अन्तर्वार्तामा रिपोर्टरले यस वर्षको बलोन डिओर वारे प्रश्न गर्दा बलोन डि’ओरलाई कहिल्यै त्यति महत्त्व नदिएको भने उनले बताए ।
अर्को बलोन डि’ओर जित्ने बारेमा मलाई के लाग्छ? मैले सधैँ भनेको थिएँ कि यो एक अवार्ड हो जसले फुटबलमा धेरै अर्थ राख्छ र यो व्यक्तिगत स्तरमा उत्कृष्ट अवार्डहरू मध्ये एक हो, तर मैले यसलाई त्यति महत्त्व कहिल्यै दिइन।- मेस्सीले बताए।
“मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा सधैँ समूह स्तरमा प्रतियोगिता जित्ने थियो। म आफ्नो करियरमा सबै कुरा हासिल गर्न पाउँदा भाग्यमानी छु र विश्वकप पछि, म त्यो अवार्डको बारेमा धेरै कम सोचिरहेको छु, मेरो सबैभन्दा ठुलो अवार्ड त्यो थियो र म मेरो क्षणको मजा लिँदै छु।
Leo Messi: “If I win the Ballon d’Or, great… If not, no worries. I prefer collective success.” pic.twitter.com/MS1TpF5tN0
— Barça Universal (@BarcaUniversal) August 17, 2023
“यदि त्यो अवार्ड आयो भने राम्रो, र यदि आउँदैन भने, केही हुँदैन। म मेरो करियरमा मेरा सबै लक्ष्यहरू प्राप्त गर्न भाग्यशाली थिएँ र अब मसँग यस नयाँ क्लबसँग नयाँ लक्ष्यहरू छन्।”
पूर्व बार्सिलोना स्टारसँग इतिहासमा सबैभन्दा बढी बलोन डी’ओर जित छ, तर इन्टर मायामी खेलाडी बनेपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दा, यो अवार्डमा उनको दृष्टिकोण परिवर्तन भएको स्पष्ट छ।