१० खेलाडी सीमित भएको चेल्सीको जित

आइतबार प्रिमियर लिगमा १० खेलाडीमा सीमित रहेको चेल्सीले चेल्सीले ब्राइटनलाई ३-२को स्कोरले हराएको छ।

स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १७ औँ मिनेटमै एन्जो फर्नान्डेजको गोल मार्फत अग्रता लिएको थियो भने खेलको २१औँ मिनेटमा लेभी कोलवेलले गोल गर्दै चेल्सीको अग्रता दोब्बर गरेको थियो ।

खेलको ४३ औँ मिनेटमा ब्राइटनको लागि बुओनानोटले गोल गर्दै स्कोर २-१मा लगे भने खेलको ४५ औँ मिनेटमा चेल्सीका कनर गालाघरले रातो कार्ड पाए पछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो।

दोस्रो हाफ १० खेलाडीको साथ खेलेको चेल्सीले ६५ औँ मिनेटमा पेनाल्टी पाएको थियो । चेल्सीका मुद्रिकलाई मिल्नरले फाउल गरे पछि चेल्सीले पेनाल्टी पाएको थियो र उक्त पेनाल्टीलाई फर्नान्डेजले गोलमा परिणत गरे।

ब्राइटनले ९० मिनेट पछिको इन्जुरी समयमा एक गोल गरे पनि थप गोल गर्न नसक्दा ३-२को स्कोरले हारेको थियो।

जित पछि हाल चेल्सी प्रिमियर लिगको दसौँ स्थानमै रहेको छ। ब्राइटन भने आठौँ स्थानमा रहेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ