प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेड विरुद्ध खेलको थियो भने उक्त खेलमा सिटीका कोच पेप गार्डियोला र एक फ्यान बिचको हास्यास्पद अन्तरक्रिया हाल भाइरल हुँदै गएको छ।
Pep Guardiola telling a fan who asked him to make some changes to come and do it himself 😂😂😂😂😂 pic.twitter.com/ew6YYRPxP3
— CFCDatro (@CFCDatro) August 19, 2023
पहिलो हाफ अन्त्य भए पछि टनेल भित्र जाने क्रममा एक फ्यानले पेप गार्डियोलालाई खेलाडी सब्सीट्यूट गर्न सुझाव दिए पछि पेप गार्डियोलाको प्रतिक्रिया निकै हास्यास्पद हुन पुग्यो। पेप गार्डियोलाले उक्त फ्यानलाई आफैं आएर सब्सीट्यूट गर्न निमन्त्रणा दिए भने पेप उक्त फ्यानबाट केही खुसी नरहेको देख्न सकिन्थ्यो।
पेपको जवाफबाट भने उक्त फ्यान सहित अन्य फ्यानहरू पनि हाँस्न पुगे भने हाल सो क्षणको भिडियो निकै भाइरल बन्न पुगेको छ। खेल पछि पेपले उक्त फ्यान सँगको आफ्नो कुराकानी वारे खेल पछिको सम्मेलन बताए ।
“He said to me ‘make a substitution!'”
“So I said… ‘come sit here, you do it!'” 🤣
Pep Guardiola on his random interaction with a fan mid way through the second half of Man City’s 1-0 win over Newcastle!
🎙️ @julesbreach pic.twitter.com/YqSVXoHOaW
— Football on TNT Sports (@footballontnt) August 19, 2023
“उक्त फ्यानले मलाई ‘सब्सीट्यूट प्रयोग गर्न सुझाव दिँदै थिए!- पेप गार्डियोलाले खुलाए।
“त्यस पछि मैले उक्त फ्यानलाई … ‘यहाँ बस्न आउनुस्, यहाँ आएर आफै सब्सीट्यूट गर्नुस भनेर भने!”
सो खेलमा पेप गार्डियोलाले एक पनि सब्सीट्यूट प्रयोग गरेनन् भने सिटीले खेल १-०ले जितेको थियो। सिटीको लागि ३१ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अग्रता दिलाएको थियो।