€८० मिलियन मूल्य रहेको मिडफिल्डर माथि चेल्सीको नजर

प्रिमियर लिग क्लब चेल्सी €८० मिलियन मूल्य रहेको सर्बियन मिडफिल्डरलाई साइन गर्न इच्छुक रहेको खबर छ।

इटालियन क्लब लाजियोका सर्गेज मिलिन्कोविक-साविकलाई साइन गर्न चेल्सी इच्छुक रहेको खबर छ र उनको मूल्य €८० मिलियन हुने रिपोर्ट रहेको छ। सिरी एमा सर्गेज मिलिन्कोविक-साविकको निकै उत्कृष्ट प्रदर्शन रहेको छ भने उनलाई साइन गर्न अन्य धेरै क्लब पनि इच्छुक रहेको जानकारी छ।

चेल्सी केही समय देखि नयाँ मिडफिल्डरको खोजीमा रहेको छ र वेस्ट ह्यामका डेक्लन राइस साइन गर्न चेल्सीले प्रयास गरे पनि चेल्सी असफल हुँदै आएको छ र हाल चेल्सीले आफ्नो नजर लाजियोका सर्गेज मिलिन्कोविक-साविकमा राखेको खबर छ।

उनलाई साइन गर्न म्यान सिटीले पनि प्रयास गर्न सक्ने खबर छ र उनी पेप गार्डियोलाको खेल शैली फिट हुने धेरैको विश्वास रहेको छ। उनलाई बेच्न इटालियन क्लब लाजियोले €८० मिलियन सम्मको माग गर्ने खबर हुँदा चेल्सी र सिटी बिच उनलाई साइन गर्न प्रतिस्पर्धा हुन सक्ने छ।