€७५ मिलियन मूल्य रहेको डिफेन्डर साइन गर्न सिटी र लिभरपूल बीच प्रतिस्पर्धा

ग्रीष्मकालीन ट्रान्सफर विन्डो नजिक आउँदा युरोपका ठूला क्लबहरू आफ्नो टिम बलियो बनाउन केहि खेलाडी साइन गर्न तिर लागि परेका छन्।

म्यानचेस्टर सिटी र लिभरपूल पनि आफ्नो टिम अझै बलियो बनाउन सेभिल्ला एफसीका डिफेन्डर भित्राउन प्रतिस्पर्धामा रहेका छन्।

सेभिल्ला एफसीका डिफेन्डर डिएगो कार्लोस साइन गर्न म्यानचेस्टर सिटी र लिभरपूल इच्छुक छन् र बायर्न म्युनिकले पनि उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।

डिएगो कार्लोसको मूल्य €७५ मिलियन हुने खबर छ र २७ बर्सका खेलाडी एक भरपर्दो सेन्टर ब्याक हुने क्लबको विश्वास छ।

फुटबल एस्पानाका अनुसार उक्त खेलाडी बेच्न क्लबलाई केहि दबाव छैन र क्लबले उनको रिलीज क्लज €७५ मिलियन राखेको छ, उनलाई सेभिल्लाले मात्र १५ मिलियनमा साइन गरेको थियो।