€७० मिलियन र दुई खेलाडी दिएर इन्टर मिलानका स्टार साइन गर्ने बार्साको प्रयास

बार्सिलोनाले इन्टर मिलानका स्टार स्ट्राइकर लौतारो मार्टिनेजको लागि पहिलो प्रस्ताव राख्ने खबर छ।

अर्जेन्टिनाका स्टार क्लब कप्तान मेस्सीको आग्रहमा ग्रीष्म बजारको लागि बार्साको शीर्ष लक्ष्य रहेका छन्। मेस्सी उनको अर्जेन्टिनाका टीम मेटका ठूला फ्यान हुन् र उनले यस ग्रीष्मको विन्डोमा स्ट्राइकरलाई स्पेनमा ल्याउन बार्सा बोर्डलाई आग्रह गरेका छन्।

खबर छ कि बार्साले पहिलो प्रस्ताव दर्ता गरेको छ, यद्यपि त्यो रकम मार्टिनेजको रिलिज कल्ज भन्दा कम रहेको छ।

उनको क्लज €१११ मिलियनको छ भने बार्साले इन्टरलाई €७० मिलियन र दुई खेलाडीको प्रस्ताव राख्ने खबर छ।

बार्साले € ७० मिलियन नगद प्लस नेल्सन सेमेडो र आर्टुरो भिडालको प्रस्ताव राख्ने खबर छ। सेमेडोको मूल्य €३० मिलियन र भिदालको मूल्य €२० मिलियन रहेको बार्साको दाबी भए पनि इन्टरले असन्तुष्ट भएको खबर छ।