नापोलीका स्टार मिडफिल्डर फेबियन रुइज साइन गर्न रियाल म्याड्रिड आफ्नो मुख्य प्रतिद्वन्द्वी बार्सिलोना संग कडा प्रतिस्पर्धामा रहेको खबर छ।
दुई स्पेनिश दिग्गजहरू हाल ला लिगा उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन् र च्याम्पियन्स लिगको उपाधिको पनि खोजीमा छन्, तर उनीहरूको प्रतिस्पर्धा पिचको बाहिर रहेको देखिन्छ।
Real Madrid ‘to make £60m offer for Napoli midfielder Fabian Ruiz’ as he prepares to leave Italian giantshttps://t.co/E73MpgaLJV
— MailOnline Sport (@MailSport) March 6, 2020
क्याल्सिओमरकाटोका अनुसार रियल म्याड्रिडले स्पेनिश मिडफिल्डरलाई साइन गर्न तयारी गरिरहेका छन, र उनलाई साइन गर्न बार्सिलोनालाई पछि पार्ने रियल सबै प्रयास गर्न तयार छन्।
खबर छ जिदानले उनलाई साइन गर्न अनुमति दिएका छन्, र आउँदो ट्रान्सफर विन्डोमा आफ्नो मिडफील्ड प्रबल गर्न उनलाई भित्राउने छन्।
२३ वर्षका मिडफिल्डरको लागि रियल €७० मिलियन तिर्न तयार रहेको खबर छ।
Real Madrid are reportedly set to go head-to-head with rivals Barcelona over the signing of Napoli midfielder Fabian Ruiz, who has also been a target for Liverpool (La Gazzetta dello Sport)
— TeamRumorsTransfers 24/7 ⚽ 📰 🌐📒 (@rumorstransfers) March 6, 2020
३२ खेल खेलेका उनले ३ गोल र २ अस्सित मात्र गरे पनि उनको खेल शैलीले रियल र बार्सालाई उनि माथि आकर्षित गरेको छ।
उनको खेल शैली बार्सा संग मिल्ने बार्साको विश्वास रहेको छ र उनि स्पेनमा चाडै अनुकूल हुन सक्ने रियल र बार्साको सोच छ।