€६० मिलियनमा स्टार डिफेन्डर साइन गर्ने चेल्सीको योजना

प्रिमियर लिग क्लब चेल्सी सेभिल्लाका स्टार युवा डिफेन्डर जुलेस कौंडे साइन गर्न इच्छुक रहेको जानकारी छ। उनलाई साइन गर्न रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड इच्छुक रहेको चर्चा थियो भने हाल खबर अनुसार चेल्सी पनि सो दौडमा सामेल भएको छ।

म्यानचेस्टर युनाइटेडद्वारा गरिएको €४५ मिलियनको प्रस्ताव सेभिल्लाले अस्वीकार गरेको रिपोर्ट छ भने उनको लागि सेभिल्लाले €६० मिलियन सम्म माग्ने खबर छ।

हाल स्पेनिस क्लबहरू आर्थिक समस्याको सामना गर्दै छन् र सेभिल्लाको पनि सो समस्या रहेको रिपोर्ट छ जसको कारण सेभिल्ला आफ्नो २२ वर्षका स्टार डिफेन्डर जुलेस कौंडेलाई बेच्न बाध्य हुन सक्ने खबर छ।

२२ वर्षका डिफेन्डरको खेल ला लिगामा निकै राम्रो रहेको छ भने उनी हाल विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक रहेका छन्।

रियलले बायर्न म्यूनिखका स्टार डिफेन्डर डेभिड अलाबा गरेको छ भने म्यानचेस्टर युनाइटेड रियलका राफाएल भरान साइन गर्न नजिक रहेको बेला दुवै क्लबले युवा डिफेन्डरको लागि €६० मिलियन खर्च नगर्न सक्ने रिपोर्ट रहेको छ जसको फाइदा चेल्सीले लिन सक्ने छ।