€५ मिलियन तिर्न पर्ने डरमा बार्साले काउटिन्होलाई थप खेल नखेलाउन सक्ने

हाल बार्सिलोनाको आर्थिक अवस्था राम्रो छैन र थप खर्चले बार्सालाई अझै गाह्रो गर्ने सक्ने हुँदा। बार्साले खर्च कम गर्नु पर्ने छ।

हाल बार्साले विभिन्न क्लबहरूलाई कुल €१२६ मिलियन तिर्न बाकी रहेको छ जसमा ठुलो भाग लिभरपुललाई फिलिप काउटिन्होको लागि दिनु पर्ने रहेको छ र आउँदो समय सो रकम अझै बढ्ने छ, अब फिलिप काउटिन्होले बार्साको लागि ७ खेल पुरा गरे बार्साले लिभरपुललाई थप €५ मिलियन दिन पर्ने सम्झौता रहेको छ।

खबर अनुसार हालको आर्थिक अवस्थामा ५ मिलियन खर्च गर्नबाट रोक्न बार्साको योजना काउटिन्होलाई थप खेल नखेलाउन हुने छ।

कोम्यानको नेतृत्वमा काउटिन्होको केही राम्रो खेल रहे पनि आर्थिक अवस्थाको कारण बार्साले उनलाई प्रयोग नगर्न सक्ने खबर छ।